पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिका वडाध्यक्षमा एमाले विजयी



पर्सा । पटेर्वासुगौली गाउँपालिकाको वडा नं १ मा नेकपा (एमाले)को समूह  विजयी भएको छ ।

अबेर रातिदेखि शुरु भएको मतगणना बिहान सम्पन्न हुँदा वडाध्यक्षमा एमालेका अरमान मियाँ अन्सारीसहित पाँचै जना विजयी भएका छन् ।

अन्सारीले आफ्ना प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुलमान मियाँ दर्जीलाई १८५ मतको अन्तरले पराजित गरेको पटेर्वासुगौली गाउँपालिकाका निर्वाचन अधिकृत रामचन्द्र शर्माले जानकारी दिए।

अन्सारीले ४९० र  दर्जीले ३०५ मत हासिल गरेका छन् । पटेर्वासुगौली गाउँपालिका वडा नं २ को मतगणना बिहान १० बजेदेखि शुरु भएको  निर्वाचन अधिकृत शर्माले जानकारी दिए।

यसैबीच वीरगञ्ज महानगपालिकाको मतगणना आज बिहान ११ः३० बजेदेखि वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा  शुरु गर्ने सर्वदलीय सहमति भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

बत्तीस वटा वडा रहको महानगरपालिकाका  १ र ३२, २ र ३१ गरी वडाका मत गन्ती गरिने दलबीच सहमति भएको छ ।


क्लिकमान्डु