१० नेपाली बैंक, जसले कार्डबाट सामान किन्ने ग्राहकलाई १० प्रतिशत नगद फिर्ता दिन्छन्



काठमाडौं । चाडबाडलाई लक्षित गरेर बैंकहरुले ग्राहकमैत्री आकर्षक स्किम ल्याएका छन् । ग्राहकले कार्ड प्रयोग गरेर सामान किन्दा १० प्रतिशत नगद फिर्ता गर्ने स्किम ल्याएका हुन् ।

यो सेवा १० वटा बैंकहरुले उपलब्ध गराउने छन् । सानिमा, ग्लोबल आइएमइ, इन्भेष्टमेन्ट, कुमारी, सेञ्चुरी, एनसीसी, मेगा, राष्ट्रिय वाणिज्य बैंक, टुरिजम र महालक्ष्मी विकास बैंकको डेविट वा क्रेटिड कार्ड भएकाले यो सुविधा उपयोग गर्न पाउनेछन् ।

सानिमा बैंकले यसको अगुवाई गरेको बैंकका इ-बैंकिङ प्रमुख बिक्रम श्रेष्ठले क्लिकमाण्डूलाई जानकारी दिए ।

यो स्किम बुधबार दिउसो २ बजे पत्रकार सम्मेलन गरी सार्वजानिक गरिँदैछ । र, बिहीबारदेखि कार्यान्वयनमा आउने र ५ महिनासम्म यस्तो सुविधा उपलब्ध गराइने श्रेष्ठले जानकारी दिए ।

तर, यो छुट पाउनका लागि कारोबारको सीमा तोकिएको छ । कार्डमार्फत १० हजार रुपैयाँसम्मको सामान खरिद गर्दा मात्रै बैंकहरुले १० प्रतिशत नगद फिर्ता गर्ने उनले बताए ।

‘१० हजार रुपैयाँभन्दा कम जतिसुकै रुपैयाँको सामान किने पनि १० प्रतिशत नगद खातामै फिर्ता गरिनेछ,’ श्रेष्ठले भने ।


पुष्प दुलाल