ऊर्जामन्त्री फेरिएपछि अलपत्र भो ‘नेपालको पानी जनताको लगानी’



काठमाडौं । नेपालको ऊर्जा क्षेत्रमा लगानी जुटाउने उद्देश्य साथ सरकारले नेपालको पानी जनताको लगानी नामक आर्कषक नारा दिएर एउटा कार्यक्रम सुरु गर्यो ।

लोडसेडिङ अन्त्य गरेर चर्चा पाएका तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले स्वदेश तथा विदेशमा रहेकालाई सहज रुपमा लगानीका गर्ने वातावरण बनाउने भन्दै अनलाइन प्रणालीबाट पनि त्यसमा सहभागी हुने नारा अगाडि सारे । ऊर्जा मन्त्रालयले तामझामका साथ सो कार्यक्रमको उद्घाटन गर्यो । देश विदेशमा चर्को प्रचार पनि भयो ।

लगानी जुटाउनका लागि एउटा सकारात्मक प्रयास थियो त्यो कार्यक्रम तर प्रचार प्रसार तथा ऊर्जा मन्त्रालयले संसथागत स्वामित्व लिन नसक्दा कार्यक्रम अलपत्र परेको छ ।

नौ महिना पछि ऊर्जा मन्त्रीबाट जनार्दन शर्मा पाखा लागे र गृह मन्त्रालय सम्हाल्न पुगे । उनी गृह मन्त्रालयमा मन्त्री बनेर सरेपछि नै सो नारा र कार्यक्रम हाल अलपत्र बनेको छ ।

अनलाइन प्रणालीबाट नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न चाहनेले मात्रै ४ अर्ब १० करोडको प्रतिवद्धता जनाएका थिए । पछिल्लो दिनमा प्रचार प्रसारको अभावमा सो प्रणालीको बारेमा आम मानिसले राम्ररी जानकारी पनि पाएका छैनन् ।

जनार्दन शर्मापछि मन्त्री भएर आएका ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले सो कार्यक्रमको बारेमा चासो राखेका छैनन् । ऊर्जा मन्त्रालयका एक अधिकारी भन्छन्- ‘मन्त्रीले ल्याएको कार्यक्रम हो त्यो, मन्त्री गएपछि उहाँसँग गयो ।’

ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीले भने आफूलाई सो कार्यक्रम बारे सामान्य जानकारी भएपनि पूर्णजानकारी नभएको बताउने गरेका छन् ।

लगानी जुटाउनका लागि एउटा सकारात्मक प्रयास थियो त्यो कार्यक्रम तर प्रचार प्रसार तथा ऊर्जा मन्त्रालयले संसथागत स्वामित्व लिन नसक्दा कार्यक्रम अलपत्र परेको छ ।

कार्यक्रमलाई अगाडि बढाउने र त्यसलाई व्यवस्थित गर्ने तर्फ वर्तमान ऊर्जा मन्त्री शाहीले चासो देखाएका छैनन् । त्यसो त सो कार्यक्रमको लिंक समेत ऊर्जा मन्त्रालयको बेवसाइटमा छैन ।

एक निजी सफ्टवेयर डेभलपरलाई सफ्टवेयर विकास गर्न लगाइएको र मन्त्रालयले संस्थागत स्वामित्व समेत लिन नसक्दा कार्यक्रम अलपत्र परेको बताइन्छ ।

ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीले भने आफूलाई सो कार्यक्रम बारे सामान्य जानकारी भएपनि पूर्णजानकारी नभएको बताउने गरेका छन् ।

लगानीका लागि प्रतिवद्धता जनाएकाले भने मन्त्रालयले आफूहरुलाई ढाँटेको भन्दै असन्तुस्टि व्यक्त गरेका छन् ।

कार्यक्रम चल्नुपर्ने हो के भएको रोकिएको हो त ? तत्कालीन ऊर्जा मन्त्रीका स्वकीय सचिव समेत रहेका र हाल गृह मन्त्रालयमा उनै जनार्दन शर्मासँगै रहेका वसन्त शर्माले भने- कार्यक्रम रोकिनु हुँदैनथ्यो । वर्तमान ऊर्जा मन्त्रीले सो बारेमा केही सोच्दै हुनुहुन्छ होला ।

कार्यक्रमलाई संस्थागत गराउन नसक्दा नेपालको जलविद्युत् क्षेत्रमा लगानी हुन सक्ने र गर्न सकिने बजेटको आकंलन गर्न सकिने सो कार्यक्रम अलपत्र परेको छ ।


पुष्प दुलाल