नेपाल राजपत्र मोबाइल एप सार्वजनिक, राजपत्रको सबै जानकारी मोबाइलमै उपलब्ध



काठमाडौं । विज्ञान तथा प्रविधि मन्त्रालयले राजपत्रको बारेमा जानकारी दिने उद्धेश्यका साथ नेपाल राजपत्र मोबाइल एप सार्वजनिक गरेको छ । सो मोबाइल एपमा हालसम्म छापिएका नेपाल राजपत्रको बारेमा जानकारीहरु उपलब्ध भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपाल राजपत्र नामक सो मोबाइल एप बुधवार एक कार्यक्रमकाबीच विज्ञान तथा प्रविधि मन्त्री दिपक बोहराले गरे ।

मन्त्री बोहराले नेपालमा विज्ञान तथा प्रविधिको विकास गर्न आफूले ४ क्षेत्रमा कामगर्ने योजनाहरु बनाएको बताउँदै सरकार, विश्वविद्यालय र निजी क्षेत्रको सहकार्यमा अनुसन्धानात्मक कार्य गरिनुपर्ने बताए ।

‘विज्ञान तथा प्रविधिलाई प्राथमिकतामा राख्न सबैभन्दा पहिले मन्त्रालयलाई नै पेपरलेस मिनिस्ट्र बनाऔं र दशैं तिहारपछिको समयमा यो गर्न सकिन्छ,’ मन्त्री बोहराले भने ।

उनले विदेशमा विज्ञान तथा प्रविधिको क्षेत्रमा लागेका नेपाली युवाहरुलाई स्वदेशमा आकर्षित गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सूचना तथा संचार सचिव महेन्द्रमान गुरुङले गाउँगाउँमा डाटा सेवा पुर्याउन टेलिकम कम्पनीहरु लाग्नुपर्ने भन्दै सामाजिक संजालको सहि सदुपयोग गरेर ससक्तिकरण गर्न सकिने बताए ।

विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. संजय शर्माले ई गर्भनेन्सलाई प्रभावकारी बनाउनुपर्ने भन्दै लगानी अभिवृद्धि गर्न डिजिटल प्रणालीमा एकद्धारा प्रणाली लागू गर्नुपर्ने बताए ।

सो एप हाल एन्ड्रोयड भर्सनमा मात्र उपलब्ध छ भने अन्य अपरेटिंग सिस्टममा पछि मात्र आउने जानकारी गराईएको छ ।


क्लिकमान्डु