धनुषाको हंसपुर नगरपालिकाबाट राजपाको विजयी सुरुवात



काठमाडौं । प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा पहिलो खाता राजपाले खोलेको छ ।

राजपाले धनुषाको हंसुपुर नगरपालिकाको मेयर पद जितेको छ । स्थानीय तह मध्ये मतपरिणाम सार्वजनिक हुने हंसुपुर पहिलो हो ।

धनुषाको हंसपुर नगरपालिकामा राजपामा उम्मेदवार रामज्ञान मण्डल ३३२० मत ल्याएर जितेका छन् ।

उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रदीपकुमार यादवले  ३ हजार २२९ मत ल्याए । उपमेयरपनि राजपाकी रेणु झाले जितेकी छन् ।


क्लिकमान्डु