नेप्से परिसुचक ३.८९ अंकले घट्यो



काठमाडौं । नेप्से परिसुचक आजपनि घटेको छ । अब दशैं अगाडि ३ दिनमात्र नेप्से नियमित कारोबारको लागि खुल्ने छ । नेप्से परिसूचक ३.८९ अंकले घटेको छ । नेप्से ०.२५ अंकले घट्दा १५३९ .८१ विन्दुमा पुगेको हो ।

नेप्सेले जनाएअनुसार आज १ सय ५८ कम्पनीका १० लाख १७ हजार ५ सय ५८ कित्ता सेयर खरिद बिक्रि भएको छ । समग्र नेप्सेमा ५४ करोड २४ लाख ४४ हजार रुपैयाँको कारोबार भएको छ ।

बैंकिङ सकूह ५.७२, बीमा समूह २१.१२, होटल समूह ७.४९, जलविद्युत समूह ४.०५ र विकाश बैंक समूह ६.८४ अंकले घटेका छन् ।

वित्तिय समूह १.१५, ट्रेडिङ समूह २२.८ र अन्य समूह ६.३६ अंकले बढेका छन् ।

विसाल बजार कम्पनीका लगानीकर्ताले १० प्रतिशतले कमाइ गरेका छन् । कुबेर मर्चेन्ट फाइनान्स लिमिटेडका लगानीकर्ताले ८.८ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु