सिराहको कर्जन्हा नगरपालिकाको मेयर जित्दै माओवादीले खाता खोल्यो



सिराह । सिरहाको कर्जन्हा नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ ।

माओवादीले कर्जन्हा जितेर स्थानीय तह निर्वाचनमा प्रदेश नम्बर २ मा खाता खोलेको छ ।

माओवादी केन्द्रका गंगा पासवान मेयरमा र उपमेयरमा पार्वती श्रेष्ठ विजयी भए ।

यसको औपचारिक घोषणा हुन भने बाँकी रहेको छ ।

यो नगरपालिका साविकको सिराहको ५ नम्बर क्षेत्र पर्छ । जहाबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दोस्रो संविधानसभामा निर्वाचित भएका थिए ।

 

 


क्लिकमान्डु