३ जिबन बीमा कम्पनीले दशैंअघि नै कारोबार सुरु गर्ने



काठमाडौं । बीमा समितिले लाइसेन्स दिएका नयाँ बीमा कम्पनीहरु धमाधम सञ्चालनमा आउन थालेका छन् । दशैंअघि नै ३ बीमा कम्पनीले कारोबार सुरु गर्दैछन् ।

सन लाईफ, युनियन लाईफ र ज्योति लाईफले दशैंअघि नै कारोबार सुरु गर्ने भएका हुन् ।

सन लाईफ  र युनियन लाइफ इन्स्योरेन्सले  असोज ६ गते शुक्रबारदेखि कारोबार सुरु गर्दैछन् । सन लाईफको कम्पनीको कर्पोरेट कार्यालय कमलादीमा राखेको छ । अजुज कायल कम्पनीको अध्यक्ष छन् । युनियन लाइफको अध्यक्ष सुलभ अग्रवाल र सीइओ मनोज कर्ण छन् ।

त्यस्तै, ज्योति लाइफ इन्स्योरेन्सले पनि असोज ८ गते कारोबार सुरु गर्दैछ । ज्योतिको अध्यक्ष पशुपति मुरारका र महाप्रबन्धकमा प्रकाश खत्री छन् ।

यसअघि भदौ १ गते आइएमइ लाइफ इन्स्योरेन्स सञ्चालनमा आएको थियो । लाइसेन्स पाएका अरु कम्पनीहरु पनि सञ्चालनको अन्तिम तयारीमा छन् ।

बीमा समितिले गत जेठ पहिलो साता ९ वटा जिबन बीमा कम्पनीलाई लाइसेन्स दिएको थियो । आइएमइ, रिलायन्स, महालक्ष्मी, सानिमा, सन नेपाल, स्टार, सिटिजन, रिलायबल, ज्योति र युनियन लाइफ इन्स्योरेन्सलाई लाइसेन्स पाएका थिए ।

२०६४ सालदेखि नयाँ बीमा कम्पनीले लाइसेन्स पाएका थिएनन् । बीमा समितिमा नयाँ नेतृत्व आएसँगै १० वर्षपछि बीमाको पहुँच विस्तार गर्ने उद्देश्यले नयाँ कम्पनीलाई लाइसेन्स दिइएको हो ।

गत पुस १८ गते सरकारले चिरञ्जीबी चापागाईंलाई समितिको अध्यक्ष नियुक्ति गरेको थियो ।


पुष्प दुलाल