दिल्ली अटो शोको तयारीमा जुटे कार निर्माता कम्पनी




काठमाडौं । दिल्ली अटो एक्सपोमा ४ दर्जन भन्दा बढी नयाँ गाडी तथा /कन्सेप्ट कारहरु सार्वजनिक हुदैंछन् । विश्वका ठुला अटो शो मध्येको एक दिल्ली अटो एक्स्पोले पछिल्ला वर्षहरुमा विश्वका सवारी पारखीहरुको ध्यान तान्दै आएको छ ।

भारत विश्वको छिटो वृद्धि भइरहेको अटो बजार मध्यमा रहेकाले विश्वका प्रिमियम ब्रान्डका सवारी उत्पादकहरु आकर्षित हुँदै आएका हुन् ।
हरेक २ बर्षमा हुने दिल्ली अटो शो २०१६ फेब्रुअरीपछि २०१८ को फेब्रुअरीमा हुन लागेको हो । सवारी उत्पादक कम्पनीहरुले उत्पादन गरेका नयाँ मोडल, ल्याउने सम्भावित मोडल र कन्सेप्ट कारसमेत उक्त अटो एक्स्सपोमा प्रदर्शनीका लागि राख्नेछन् ।

भारतको नयाँ दिल्लीमा हरेक २/२ वर्षमा सवारीसाधनको प्रदर्शनी हुने गरेको छ । फेब्रुअरी महिनामा हुने अटो एक्सपोमा विश्वका चर्चित सवारी कम्पनीहरुको समेत सहभागिता हुने गरेको छ ।

धेरैजसो सवारी उत्पादक कम्पनीहरुले १४औं संस्करणको अटो एक्सपोमा प्रदर्शनीका लागि राखिने सवारी साधन छनोटको तयारी तिव्र बनाएका छन् । अटो एक्सपोमा राखिने कतिपय सवारीहरु सार्वजनिक भइसकेका छन् । अटो एक्सपो २०१८ मा आउन लागेका नयाँ कारहरु यस्ता छन् ।

हुन्डाईको कारलिनो कम्प्याक्ट एसयुभी

करिब ग्रान्ड आइटेनकै प्लेटफर्ममा निर्माण गरिएको कारलिनो कम्प्याक्ट एसयुभी अटो एक्सपो २०१८ मा हुन्डाईले सार्वजनिक गर्ने भएको छ । यो कार १.४ एल युटू सीआरडीआइ डिजेल र १.२ लिटर पेट्रोल इन्जिनमा आउने छ ।

आईट्वान्टी फेसलिफ्ट

हुन्डाईले इलाइट आइट्वान्टी २०१७ मोडलमा केही सुविधा थपेर फेसलिफ्ट भर्सन ल्याउने भएको छ ।

नयाँ सेन्ट्रो

हुन्डाईको निक्कै चर्चित ह्याचब्याक कार सेन्ट्रो नयाँ अवतारमा पुनः ल्याउने भएको छ । केही समययता सेन्ट्रो बिक्री बन्द रहेको थियो । नयाँ सेन्ट्रो ८ सय वा १ हजार सीसी इन्जिन क्षमतामा आउने छ ।

हुन्डाई लनिक

विश्वभर वातावरणमैत्री कारको माग बढी रहँदा हुन्डाईले भारतमा आफ्नो हाइब्रिड सेडान कार सार्वजनिक गर्ने तयारी गरेको छ । हुन्डाईले भारतमा सार्वजनिक गरेको यो नै पहिलो पूर्ण हाइब्रिड कार हुनेछ ।

क्रेटा फेसलिफ्ट

२०१५ मा सार्वजनिक भएको हुन्डाइ क्रेटाको फेसलिफ्ट भर्सन अटो एक्सपो २०१८ मा सार्वजनिक हुने भएको छ । क्रेटा फेसलिफ्ट यसअघि ब्राजिलियन बजारमा सार्वजनिक भइसकेको छ ।

न्यू मारुती स्वीफ्ट

मारुतीले न्यू मारुती स्वीफ्ट अटो एक्सपो २०१८ मा सार्वजनिक गर्ने तयारी गरेको छ । नयाँ पुस्ताको प्लेटफर्ममा आधारित ह्याचब्याक सेगमेन्टको यो कारले उत्कृष्ट पर्फर्मेन्स दिने कम्पनीले जनाएको छ । नयाँ स्वीफ्ट ८४ बीपीएच, १.२ लिटर के–सिरिज पेट्रोल र ७४ बीपीएच, १.३ लिटर एमजेडी डिजेल इन्जिनमा उपलब्ध हुने छ ।

ग्रान्ड भिटारा (७ सिटर)

भिटारा ब्रेजाको राम्रो उपस्थितिपछि मारुती सुजुकीले नयाँ ७ सिटर एसयुभी ल्याउने तयारी गरेको छ । उक्त एसयुभी सेगमेन्टको कारलाई ग्रान्ड भिटारा ७ सिटर भनिएको छ । यो गाडी ग्लोबल्ली नै सार्वजनिक गर्ने योजना कम्पनीको रहेको छ ।

अल न्यू मारुती ह्याचब्याक

अटो एक्सपोमा आउने मारुती सुजुकीको नयाँ कारको सूचीमा अल न्यू मारुती ह्याचब्याक रहेको छ । रेनल्टको क्वीडसँग प्रतिस्पर्धा गर्ने गरी ल्याउन लागिएको नयाँ ह्याचब्याक कारले अल्टोकै बिक्री समेत प्रभावित पार्न सक्ने अनुमान कम्पनीको छ ।

सियाज फेसलिफ्ट

सेडान सेगमेन्टको मारुती सुजुकी सियाजको अपडेटेड भर्सन आउने भएको छ । यो कारको इन्टरनल तथा एक्सटरनल डिजाइन परिवर्तन गरिएको कम्पनीले जनाएको छ ।

न्यू जेन वेगनआर

पूर्ण रुपमा नयाँ मोडलको वेगनआर अटो एक्सपोमा मारुती सुजुकीले ल्याउने भएको छ ।

इर्टिगा

मारुती सुजुकीले नयाँ मोडलको इर्टिगा एमपीभी ल्याउने भएको छ ।

टाटा एक्स ४५१

टाटा मोटर्सले प्रिमियम ह्याचब्याक सेगमेन्टमा टाटा एक्स४५१ सार्वजनिक गर्ने भएको छ । नयाँ मोडलको यो कारले मारुतीको बोलेनो, फक्सवागेनको पोलो, हुन्डाइ इलाइट आइट्वान्टीसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।

टाटा क्यू ५०१

त्यस्तै टाटाले अटो एक्सपो २०१८ मा प्रिमियम एसयुभी सेगमेन्ट ७ सिटर टाटा क्यू ५०१ पनि ल्याउने भएको छ । यो गाडी २ हजार सीसी मल्टिजेट आइआइ डिजेल इन्जिनयुक्त हुने छ ।

टाटा क्यू ५०२ मर्लिन

टाटाले क्यू५०१ सँगै प्रिमियम एसयुभी सेगमेन्टमै ५ सिटर क्यू ५०२ मर्लिन समेत ल्याउने भएको छ । यो कार ल्यान्डरोभरको डिस्कभरी प्लेटफर्ममा निर्माण गरिएको छ ।

टियागो इलेक्ट्रिक

टाटाले इलेक्ट्रिक कारसमेत उत्पादन सुरु गरेको छ । अटो एक्सपो २०१८ टाटाले टियागोको इलेक्ट्रिक भर्सन ल्याउने भएको छ । टाटाले इलेक्ट्रिक भर्सनको टियागो २०१७ अगस्टको अन्त्यतिरबाट उत्पादन सुरु गरेको हो ।

टामो रसिमो

टाटाले यो सिजनको अटो एक्सपोमा नयाँ ब्रान्ड टामो ल्याउने भएको छ । यो ब्रान्ड अन्तर्गत पहिलो पटक स्पोर्टस कार रसिमो ल्याएको थियो । यो कार २०१७ को जेनेभा मोटर सोमा सार्वजनिक भएको हो । रसिमो औपचारिक रुपमा अटो एक्सपो २०१८ मा आउने भएको छ ।

टाटा सी क्यूब

टामो ब्रान्ड अन्तर्गतको सी क्यूब ह्याचब्याक कारको कन्सेप्ट सार्वजनिक हुने भएको छ ।

महिन्द्रा एसयुभी एरो

भारतीय सवारी उत्पादक कम्पनी महिन्द्रा एन्ड महिन्द्राले अटो एक्सपो २०१८ मा एसयुभी एसो ल्याउने भएको छ । यो कारको कन्सेप्ट कम्पनीले २०१६ को दिल्ली अटो एक्सपोमा सार्वजनिक गरेको थियो ।

केयुभी १०० फेसलिफ्ट

यो सिजनको अटो एक्सपोमा स्मल एसयुभी सेगमेन्टको महिन्द्रा केयुभी१०० को फेसलिफ्ट आउने भएको छ । यो गाडी १२ सय सीसी इन्जिन क्षमतामा डिजेल तथा पेट्रोलमा आउने छ ।

एक्सयुभी ७००

महिन्द्राले नयाँ मोडलको ७ सिटर प्रिमियम एसयुभी एक्सयुभी७०० सार्वजनिक गर्ने भएको छ । यो गाडी २.२ लिटर टर्वो डिजेल इन्जिन युक्त हुनेछ ।

टीयुभी एलडब्लूबी

महिन्द्रा टीयुभी ३०० को लङ–ह्वीलवेस भर्सनको एसयुभी सार्वजनिक गर्ने भएको छ । यो एसयुभीलाई टीयुभी५०० समेत भनिएको छ । यसमा १.९९ लिटर एमहक डिजेल इन्जिन हुनेछ ।

महिन्द्रा यू३२१ एमपीभी

एस२०१ पछि महिन्द्राले भारतीय बजारका लागि नयाँ एमपीभी (कोडनेम्ड यू३२१) समेत ल्याउने भएको छ । यो गाडीले टोयोटाको इनोभा क्रिस्टा र टाटा एक्जासँग प्रतिस्पर्धा गर्ने अनुमाग गरिएको छ ।

महिन्द्रा एस २०१

प्रिमियम एसयुभी सेगमेन्टमा महिन्द्राले सार्वजनिक गर्ने कारको सुचीमा चासोका साथ हेरिएको गाडी हो एस२०१ । कम्पनीले यो गाडीको परिक्षण सुरु गरिसकेको र २०१८ को मध्यसम्ममा बजारमा आउने अनुमान गरिएको छ ।

न्यू महिन्द्रा बोलेरो (यू३०२)

महिन्द्राले अटो एक्सपो २०१८ मा उपभोक्ताका लागि नयाँ उत्पादन न्यू बोलेरो ल्याउने भएको छ । ‘व्याटल ट्यांक’बाट प्रभावित भइ यो गाडीको डिजाइन गरिएको कम्पनीले जनाएको छ । यो गाडी १.५लिटर एमहक१०० डिजल इन्जिनयुत्त, हुनेछ ।

होन्डा एचआरभी

होन्डाले अटो एक्सपोमा नयाँ ‘एक्साइटिङ एच डिजाइन’ मा आधारीत भइ ज्याज प्लेटफर्ममा निर्माण गरिएको एचआरभी ल्याउने भएको छ । यो गाडी १.५ लिटर भीटीइसी टर्बोचाज्र्ड पेट्रोल र १.६ लिटर आइ–डीटीइसी डिजेल इन्जिनमा आउने छ ।

ज्याज फेसलिफ्ट

होन्डाले अटो एक्सपोमा अपडेटेड ज्याज ह्याचब्याक ल्याउने भएको छ । यो कार इन्टेरियर तथा एक्टेरियर परिवर्तन सहित आउने कम्पनीले जनाएको छ ।

होन्डा सिभिक

भारतमा नयाँ जेनेरेशनको सिभिक पुनः प्रवेश गर्ने भएको छ । हालै सार्वजनिक भएको होन्डा सिभिकको १०औं पुस्ता अटो एक्सपोमा आउन लागेको हो ।

होन्डा सिआरभी

एसयुभी सेगमेन्टको होन्डा सीआरभी नयाँ पुस्ताको आउने छ । पहिलो पटक ७ सिटर क्षमतामा आउन लागेको हो । यो गाडी नयाँ १.६ लिटर आइ-डीटीइसी डिजेल इन्जिनयुक्त हुनेछ ।

टोयोटा सीएचआर

यो सिजनको अटो एक्सपोमा टोयोटाले नयाँ एचसीआर ल्याउने भएको छ । फर्चुनरभन्दा एक स्टेल तल रहने एचसीआरले हुन्डाइको टक्सन, क्रेटा, महिन्द्रा एक्सयुभी५०० लगायतसंग प्रतिस्पर्भा गर्नेछ । यो कार पेट्रोल तथा आइब्रिड दुवै भर्सनमा आउने अनुमान गरिएको छ ।

क्याम्री २०१८

टोयोटाले २०१८ क्याम्री २०१७ को नर्थ अमेरिकी अटो शोमा सार्वजनिक गरेको थियो । सेडान सेगमेन्टको यो कार २.५ लिटर इनलाइन–४ पेट्रोल इन्जिन र न्यू-जेन टोयोटा हाइब्रिड सिस्टमयुक्त हुनेछ ।

टोयोटा भीओस

अटो एक्सपो २०१८ मा टोयोटाले मिडसाइज सेडान भीओस सार्वजनिक गर्ने योजना बनाएको छ । यो सेगमेन्टमा इटिओसले कम्पनीको लक्ष्य पुरा गर्न नसकेकाले भीओस सार्वजनिक गर्ने लागेको जनाइएको छ ।

फियाट टीपो सेडान

इटालियन सवारी निर्माता फियाटले अटो एक्सपोमा सेडान सेगमेन्टको टीपो ल्याउने भएको छ । यो कार पहिलो पटक २०१५ को स्तानबुल मोटर शोमा सार्वजनिक गरेको थियो ।

न्यू फियाट आरगो

फियाटले ल्याउन लागेको नयाँ कार आरगोले पुन्टो ह्याटब्याकलाई प्रतिस्थापन गर्ने बताइएको छ । यो कार १.२ लिटर पेट्रोल तथा १.३ लिटर एमजेडी इन्जिन युक्त हुनेछ ।

जीप रेनिगेड

जीप रेन्जको सबैभन्दा सानो जीप रेनिगेड अटो एक्सपोमा आउने भएको छ । यो कार फियाटका २.० लिटर मल्टीजेट इन्जिनयुक्त हुनेछ ।

जीप कम्पास ट्रायलहक

जीप कम्पासको पावरफल भर्सनको एसयुभी कम्पास ट्रायलहम अटो एक्पोमा आउने छ । जीप कम्पास भारतीय बजारमा छोटो समयमा निक्कै एसयुभी मध्येमा पर्छ ।

निसान लेफा इन्डिया इलेक्ट्रिक कार

निसानले लेफा इलेक्ट्रिक कार सार्वजनिक गर्ने भएको छ । यो कार कम्पनीले चालू वर्षको अन्त्यतिर बजारमा ल्याउने तयारी गरेको छ ।

न्यू माइक्रा

२०१६ को पेरिस मोटर शोमा सार्वजनिक भएको निसानको नयाँ माइक्रा ह्याचब्याक कार २०१८ को दिल्ली अटो एक्सपोमा आउने भएको छ । यो कार १.२ लिटर पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध हुने छ ।

निसान किक्स

निसानले अटो एक्सपोमा एसयुभी सेगमेन्टको किक्स ल्याउने भएको छ । गत अप्रिलमा भएको सांघाइ अटोमा औपचारीक सार्वजनिक भएको थियो ।

ड्याट्सन गो क्रस

ड्याटसनले यो वर्षको अटो एक्सपोमा गो क्रस ल्याउने भएको छ । अटो एक्सपोमा सार्वजनिक गरिएपनि गो क्रस अर्को वर्षको सुरुवात तिरमात्र सार्वजनिक हुने कम्पनीले जनाएको छ ।

रेनो न्यू डस्टर

रेनोले न्यू डस्टरको सोकेस सार्वजनिक गर्ने भएको छ । यो कार औपचारीक रुपमा बजारमा भने २०१८-१९ मा आउने छ । २०१२ मा सार्वजनिक भएको डस्टर सिरिज अब ७ सिट क्षमतामा आउने छ ।

रेनो कोलिओस

रेनोले अटो एक्सपोमा कोलिओसको रि–लन्च गर्ने भएको छ । नयाँ भर्सनको कोलिओस २०१६ को बेइजिङ र पेरिस मोटर शोमा सार्वजनिक भएको थियो ।

रेनो मेगान

रेनोले भारतीय बजारमा सेडान सेगमेन्टको मेगान अटो एक्सपोलाई लक्षित गरि ल्याउने भएको छ । पेरिस अटो एक्सपोमा आएको मेगान अब भारतमा आउने छ ।

किया रियो सेडान

कियाले दिल्ली अटो एक्सपोमा ३÷४ वटा नयाँ सवारी सार्वजनिक गर्न लागेको छ । कियाले मिडसाइज सेडान रियोका साथै कम्प्याक्ट एसयुभी समेत ल्याउनेछ ।

किया पिकान्टो

कियाले २०१८ को अटो एक्सपोमा ह्याचब्याक सेगमेन्टको पिकान्टो ल्याउने भएको छ । यो कार १.२ लिटर काप्पा भीटीभीटी पेट्रोल इन्जिनयुक्त हुनेछ ।

किया स्टोनिक

कियाको कम्प्याक्ट एसयुभी स्टोनिक पनि अटो एक्सपोमा आउने भएको छ । यो कार २०१७ को फ्रांकफट अटो शोमा सार्वजनिक भएको हो । यो कार १.४ लिटर यूटू सीआरडीआइ डिजेल र १.४ लिटर पेट्रोल इन्जिनमा उपलब्ध हुनेछ ।

फोड फिगो २०१८

अमेरिकी सवारी उत्पादक कम्पनी फोर्डले अटो एक्सपो २०१८ मा न्यूजेन फिगो ल्याउने भएको छ । यो कार बजारमा भने २०१८ को अन्त्य वा १९ को सुरुवातमा आउने छ ।

फोड एस्पायर २०१८

फोर्डले कम्प्याक्ट सेडान एसपायरको नयाँ मोडल ल्याउने भएको छ ।

फोर्ड मस्टुङ फेसलिफ्ट

फोर्डले मस्टुङको फेसलिफ्ट मोडल अटो एक्सपोमा सोकेकका रुपमा राख्ने छ । यी लगायत अन्य विभिन्न ब्रान्डका विभिन्न मोडलका कारहरू दिल्लीमा हुने अटो एक्सपो २०१८ मा सार्वजनिक हुने छन् । एजेन्सीको सहयोगमा


क्लिकमान्डु