बरुण हाइड्रो पावरले ५ प्रतिशत बोनस सेयर दिने



 

काठमाडौं । वरुण हाइड्रोपावर कम्पनी लिमिटेडले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर दिने भएको छ ।

कम्पनीले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस दिन लागेको हो ।

साधारणसभाबाट उक्त प्रस्ताव पारित गर्ने तयारी गरिएको छ । प्रस्ताव पारित भएपछि बोनस सेयर वितरण हुने कम्पनीले जनाएको छ ।

कम्पनीको १३ औ र १४ औं वार्षिक साधारणसभा यही असोज २७ गते गर्ने भएको छ । यस्तै कम्पनीले १ बराबर १ हकप्रद सेयर वितरण हुने बरुण हाइड्रोपावरले जनाएको छ ।


क्लिकमान्डु