जनकनन्दिनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँग्रेस



जनकपुरधाम । स्थानीय तहको निर्वाचनअन्तर्गत जनकनन्दिनी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका अब्दुल वारिक शेखले दुई हजार ७१७ मत प्राप्त गरी बिजयी भएका छन् ।

उपाध्यक्षमा सोही दलका उपाध्यक्षमा सोही दलका भारती कार्कीले तीन हजार ५१ मत प्राप्त गरी विजयी भए ।

निर्वाचन अधिकृत कार्यालयका अनुसार शेखका निकटतम प्रतिद्वन्द्वी सङ्घीय समाजवादी फोरमका विपिनदेव यादवले दुई हजार १८० मत र कार्कीका निकटम प्रतिद्वन्दद्वी रिंकी यादवले एक हजार ९६५ मत प्राप्त गरेका थिए।

जनकपुर उपमहानगरपालिका–२ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार शिवकुमार साह २५२ मत प्राप्त गरी विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली काँगे्रसका श्याम झाले २४० मत प्राप्त गरेका थिए।


क्लिकमान्डु