गूगलले १.१ बिलियन डलरमा एचटिसीको सम्पत्ति किन्यो



काठमाडौं। गूगलले स्मार्टफोन निर्माता कम्पनी एचटिसीको कर्मचारी र सम्पत्ति १.१ बिलियन अमेरिकी डलरमा किनेको छ । यो खरिदका लागि दुबै कम्पनीबीच सम्झौता भएको छ ।

गूगलले नयाँ खरिले हार्डवेयरको व्यवसायलाई थप मजबुत गर्न सहयोग गर्नेछ बताएको छ । यसका साथै गूगल पिक्सेल स्मार्टफोनको विकासक्रममा पनि सहयोग हुने उसको धारणा छ । एचटिसीले यसअघि देखि नै गूगलको पिक्सेल निर्माणमा सहकार्य गर्दै आएको थियो ।

उता एचटिसीले भने यो खरिद बिक्रीपछि पनि आफ्नो स्मार्टफोन निर्माण र भीआर डिभाइस बनाउने क्रम निरन्तर संचालन हुने जानकारी दिएको छ । कम्पनीले भाइब ब्राण्डमा स्मार्टफोन उत्पादन गर्नेछ ।

एचटिसीका कर्मचारीहरुको बारेमा कुरा गर्दा, ती मध्ये केहि यसअघि देखि नै गूगलमा काम गरिरहेका छन् ।

गूगलले एचटिसीको बौद्धिक सम्पत्तीको ‘नन एक्सक्लुसिभ’ अधिकार मात्र पाएको छ । यो व्यवसायीक डिलमार्फत गूगलले ताइवानमा महत्वपूर्ण अनुसन्धान तथा प्रविधि केन्द्रका लागि महशुस हुने गरि लगानी गर्नेछ ।

एचटिसीले गूगलसँग सन् २००८देखि सहकार्य गरिरहेको छ, जतिबेलादेखि एन्ड्रोयड ओएस सार्वजनिक गरेको थियो ।


क्लिकमान्डु