नक्कली अन्तःशुल्क स्टिकर घटनामा एक भारतीय सहित २ पक्राउ



 

काठमाडौं । नक्कली अन्तःशुल्क स्टिकर काण्डमा संलग्न थप २ जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले नक्कली अन्तःशुल्क स्टिकर काण्डमा संलग्न भारतीय नागरिक ५३ बर्षिय बिनोदकुमार गुप्ता र धादिङ धुनिबेसी गाउँपालिकाका ५० बर्षिय राजकुमार भण्डारीलाई पक्राउ गरेको हो ।

विरगञ्ज भन्सार कार्यालयले हरिओम ट्रेडिङको नाममा भारतबाट आयात गरिएको ८६ हजार ४ सय ७० थान नक्कली अन्तशुल्क स्टिकर बरामद गरेको थियो । सो घटनामा संलग्न ट्रेडिङका संचालक कुलप्रसाद राजभण्डारी र निजका सहयोगी प्रकाश घिमिरेलाई भदौ २० गते सीआइबीले पक्राउ गरेको थियो ।

घटनाको अनुसन्धानको क्रममा हिमालयन कार्गोका संचालक बिनोदकुमार गुप्ताको संलग्नता देखिएकाले सीआइबीले असोज १ गते उनलाई काठमाडौंबाट पक्राउ गरेको हो । गुप्ताको बयानको आधारमा घटनामा संलग्न धादिङ धुनबेशीका राजकुमार असोज ४ गते पक्राउ गरिएको प्रहरी उपरिक्षक जिवनकुमार श्रेष्ठले जानकारी दिए ।


पुष्प दुलाल