टेलिकम प्रमुख कामिनी भन्छिन्- एक वर्षमा मैले यी काम गरेँ



कामीनि राजभण्डारी, प्रमुख, नेपाल टेलिकम

नेपाल टेलिकमको प्रबन्ध निर्देशकको रुपमा नियुक्ति पाएको एक वर्ष पूरा भएको छ । विश्वतव्यापीरुपमा आज नविन प्रविधिको तीव्र विकास, एउटा प्रविधिबाट अर्को प्रविधिमा र निरन्तर बढ्दो प्रतिस्पर्धात्मक बजारको अवस्थामा कम्पनीले आफ्नो सेवा र सञ्जारलको ब्यापक बिस्तार गरिरहेको छ।

एकातर्फ कम्पनीले योजना र आयोजनाहरु कार्यान्वयन र करेक्टिभ तथा प्रिभेक्टिभ मर्मत संभार गर्दै अगाडि बढिरहेको छ भने अर्कोतर्फ गुणस्तरीय, भरपर्दो र सर्बसुलभ सेवा उपलव्ध गर्दै ग्राहकको चाहना, रुची अनुरुपका सेवा विस्तारलाई पनि निरन्तर अगाडि बढाई रहेको छ।

मुलुकले खुला बजार नीति अबलम्बन गरे पश्चात दूरसञ्चार क्षेत्रमा तीव्र हुँदै गइरहेको प्रतिस्पर्धाको वातावरणलाई नेपाल टेलिकमले अवसरको रुपमा स्विकार गरेको छ ।

२०७३ असार मसान्तसम्ममा कम्पनीको टेलिफोन ग्राहक आधार १ करोड ५० लाख १५ हजार २६ रहेकोमा २०७४ असार मसान्तसम्ममा १७.२३५ ले वृद्दि भई कूल ग्राहक आधार १ करोड ७६ लाख २ हजार २०२ पुगेको छ ।

नेपाल सरकारको स्वामित्व भएको निकाय हुनाले कम्पनीले सरकारी निकायहरु सरह नै सबै ऐन कानुन, नीति नियमको परिधि भित्र रहेर नीजि स्वामित्वका कम्पनीहरुसँग प्रतिस्पर्धा गर्नु पर्ने छ ।

एक बर्षको अवधिमा बाह्य समस्या तथा चुनौतीहरु विगतमा जस्तै रहेतापनि विभिन्न उपायहरु कार्यान्वयन गर्दै सेवा अवरुद्द हुन सक्ने अवधिलाई न्यूनिकरण गर्ने कार्य भएका छन्।

काठमाडौ उपत्यकाका बिभिन्न स्थानहरुमा खानेपानी तथा सडक विस्तारका क्रममा अप्टिकल फाइबर, केबुल जस्ता दूरसंचार पूर्वाधारमा क्षति पुग्न नदिन सतर्कता अपनाउने गरिएको छ।

यसका वावजुद खानेपानी तथा सडक विस्तारका क्रममा दूरसञ्चार सेवा अवरुद्द हुने क्रम कायमै रह्यो। यस्तो विषम अवस्थामा स९साना भहअजबलनभ हरु स्थापना गर्दै अवरुद्ध सेवाहरु तत्काल सुचारु गर्न तथा नयाँ केवुल तानेर पनि ग्राहकको सेवा सुचारु राख्न। हरसम्भव उपायहरु अबलम्बन गरिएका छन्।

यसैगरी टावर तथा भवन निर्माणको लागि जग्गा तथा भवन भाडामा लिने प्रक्रियामा कठिनाई, भौगोलिक कारणले आयोजना स्थानमा प्राविधिक तथा उपकरणहरु ढुवानी गराउन कठिनाई भएता पनि कम्पनीले दूरसंचारको देशब्यापी पूर्वाधार विस्तार, पारदर्शी तथा सर्बसुलभ मूल्यलाई निरन्तरता दिई ग्राहक आधार अभिवृद्धि र जनस्तरमा भरपर्दो छबि बनाउन सफल भएको छ ।

आज एक वर्षको यस अवधिमा हासिल भएका उपलब्धिहरु यहाँहरुलाई अवगत गराउनु आफ्नो कर्तव्य हो भन्ने महसुस गरेको छुस्
सेवा वितरण-२०७३ असार मसान्तसम्ममा कम्पनीको टेलिफोन ग्राहक आधार १ करोड ५० लाख १५ हजार २६ रहेकोमा २०७४ असार मसान्तसम्ममा १७.२३५ ले वृद्दि भई कूल ग्राहक आधार १ करोड ७६ लाख २ हजार २०२ पुगेको छ ।

डाटारइन्टरनेट ग्राहक

२०७३ असार मसान्तसम्ममा ७६ लाख ७ हजार ५६९ रहेकोमा २०७४ असार मसान्तसम्ममा १०.७६५ ले बृद्दि भई कूल डाटारइन्टरनेट ग्राहक आधार ८४ लाख २५ हजार ८९४ पुगेको छ । कम्पनीको भ्वाइस सेवाको टेलिघनत्व ५३.७१५ बाट वृद्धि भई ६२.३ पुगेको छ भने डाटा सेवाको घनत्व २७.२१५ बाट वृद्धि भई २९.७४५ पुगेको छ।

आर्थिक उपलब्धी

आर्थिक वर्ष २०७२/७३ को एटिच्यूड विवरण तथा आर्थिक वर्ष २०७३/७४ को ग्ल अपरिस्कृतथ विवरणको तुलना गर्दा कम्पनीको कूल आम्दानी अघिल्लो वर्ष ४४ अर्व २१ करोड रहेकोमा यो वर्ष करिव १.४५ ले वृद्धि भई ४४ अर्व ८३ करोड रुपैयाँ पुगेको छ।

यसैगरी, कूल खर्च गत बर्ष २५ अर्ब ९८ करोड रुपैयाँ भएकोमा यसवर्ष करिव ६.२४५ ले घट्न गई २४ अर्ब ३६ करोड रुपैयाँ कायम भएको छ।
कर पछिको खुद नाफा गत वर्ष १३ अर्व २७ करोड रुपैयाँ खुद नाफा भएकोमा यस वर्ष करिव १३.११५ ले वृद्धि हुन गई १५ अर्व १ करोड पुर्याउन सफल भएका छौं । त्यस्तै,  गत वर्ष ८८.४७ रुपैयाँ प्रति शेयर आम्दानी भएकोमा  यस वर्ष १००.११ रुपैयाँ पुगेको छ ।

 तारसहित सेवा

एक्सचेन्जदेखि सेवाग्राहीसम्म को कपर नेटवर्कको दूरी कम गरि, अप्टिकल फाइबर संजाल एफटीटीएच/एफटीटीबी/एफटीटीसी प्रयोग, मर्मत सम्भारमा सरलीकरण गर्दै संचालनमा रहेका पुरानो प्रविधिका टीडीएम एक्सचेन्जहरुलाई आधुनिकीकरण गर्दै  फ्युचर फ्रुफ नयाँ आइपी बेस एनजीएन एसएस प्रविधिबाट प्रतिस्थापन गर्ने कार्यक्रम अन्तर्गत टीडीएम माइग्रेशन आयोजना संचालन भएको छ।

आयोजना अन्तर्गत पुराना प्रविधिका एक्सचेन्जहरुलाई एसेस गेटवेले प्रतिस्थापन गरि १००५ ग्राहकलाई डाटा उपलब्ध गर्ने क्षमता सहित ७१ स्थानका ९७ हजार २ सय २४ लाइन प्रतिस्थापन सम्पन्न भैसकेको छ । चालु आबमा थप २ लाख छण् हजार लाइन प्रतिस्थापन गर्ने कार्य शुरु भैसकेको छ ।

यसैगरी नया १३४ स्थानमा एसेस गेटवे संचालन भई करिब ५० हजार लाइन र २६ हजार लाइन एडीएसएल क्षमता बृद्दि भएको छ ्। कूल वितरण भएको ६ लाख ८१ हजार लाइन मध्ये २८५ लाइन (करिब १ लाख ९० हजार लाइन) आइपी प्रविधिबाट संचालन भई सकेको छ ।

ताररहित सेवा

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणबाट फोरजी सेवा सञ्चालन गर्न प्रविधी तटस्थता अन्तर्गत मिति २०७३/०६/१४ को निर्णय अनुसार १८०० मेगाहर्ज ब्याण्डमा फोरजी एलटीइ संचालनको अनुमति प्राप्त भए पश्चात मुलुक मै पहिलो पटक मिति २०७३ पौष १७ मा काठमाडौँ उपत्यका र पोखरामा सेवा संचालन गरेको छ । यसबाट काठमाडौँ र पोखरामा फोरजी नेटवर्क लभतधयचप विस्तार बाट डाटा खपतमा बृद्दि देखिएको छ ।

काठमाडौँ र पोखरामा ५ लाख ग्राहकले हाल संचालनमा रहेको फोरजी नेटवर्कमा मा एलटीइ सब्क्रिब्सन्स गरेको र एलटीइ संचालन पश्चात डाटा खपतमा करिब ७०५ भन्दा बढी बृद्दि भएको छ ।

मुलुकभर मोबाइल सेवाको भ्वाइस कार्पेट कभरेज बिस्तार तथा शहरी इलाकामा थ्रीजी डाटा सेवा विस्तार का लागि एक करोड लाइन क्षेमताको जीएसएम/युएमएसटी आयोजना संचालनमा ल्याइएकोमा एक बर्षको अवधिमा नयाँ १२७८ बीटीएस संचालन र पुरानो ५८० बीटीएस प्रतिस्थापन गरिएको छ ।

एक करोड क्षमताको जीएसएम/युएमएसटी आयोजनाको काठमाडौँ उपत्यका र पस्चिमान्चल क्षेत्रको करिब ९९५ कार्य सम्पन्न भएको छ । काठमाडौं उपत्यका बाहेकको मध्यमान्चल क्षेत्र, पुर्वान्चल, मध्यपस्चिमान्चल र सुदुर पस्चिमान्चल क्षेत्रको करिब ७०५ कार्य सम्पन्न भएको छ ।

चालु आब मा नयाँ साइट ६७२ बीटीएस र रिप्लेशमेन्ट साइट ४२३ बीटीएस संचालनमा ल्याई आयोजना १०० प्रतिशत सम्पन्न गर्ने गरि कार्य अघि बढेको छ ।

यसैगरी मुलुकभर फोरजी सेवा विस्तार गरि द्रुतगतिको डाटा, भ्वाइस र मल्टिमिडिया सेवा विस्तार गर्न टुजी, थ्रीजी र फोरजी नेटवर्कलाई ओभर्लिको रुपमा सञ्चालन गरी ग्राहकलाई आआफ्नो रूची र आवश्यकता अनुसारका सेवाहरुको छनौट गर्ने अवसर प्राप्त हुने गरि भ्वाइस ओभरलेट सर्भिस, भिडियो ओभरलेट सर्भिस कभरेज र क्यापासिशटीका लागि स्माल कल विद वाइफाइ विस्तार गर्न फोरजी लेट को बोलपत्र तयार भई आह्वान गर्ने कार्य अन्तिम चरणमा रहेको छ ।

दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने नेपाल सरकारको नीति अनुसार प्रतिफल कम आउने र तुलनात्मकरुपमा लगानी बढी हुने स्थानहरुमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै डोल्पाको दुनै र हुम्लाको सिमिकोटमा जीएसएम प्रविधिको थ्रीजी मोबाइल सेवा सञ्चालनसंगै मुलुकको ७५ वटै जिल्लामा थ्रीजी सेवा सञ्चालन भएको छ।

यसैगरी यसै वर्ष मुगुको रारा क्षेत्रमा पहिलो पटक थ्रीजी सेवा बिस्तार, सिन्धुपाल्चोकको अति दुर्गम स्थान- चेपे डांडा, बाग्लुंगको उत्तर पश्चिम भेगको बिकट तमान खोला गाउँ पालिका, सगरमाथा आरोहीहरुको गाउँ भनेर चिनिने दोलखाको बिकट मानिने गौरीशंकर गाउपालिका, च्छो रोल्पा क्षेत्रको बेदिंग, धादिंगको लापा र तिप्लिंगमा समेत जीएसएम सेवा विस्तार भएको छ ।

मुलुकमा उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्ने क्रममा हुम्ला जिल्लामा समेत वाइम्याक्स सेवा विस्तार गरी ७५ वटै जिल्लामा यो सेवा पुर्यालउन सफलता मिलेको छ।

वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल मा फ्री वाइफाइ संचालन भएको छ । दुर्गम क्षेत्र लगायत आवश्यकतानुसारका स्थानहरुमा ब्रोडब्याण्ड सेवा, सार्बजनिक स्थानमा वाइफाइ सेवा, सार्बजनिक यातायातका साधनमा इन्टरनेट सेवा उपलब्ध गरिएको छ ।

दूरसञ्चार क्षेत्रको बजारमा इन्टरनेट सेवाको माग बढ्दै गएकाले आगामी दिनमा डाटा सेवाको विस्तारको लागि अझ बढी सुविधा र सहजताका साथ ग्राहक माझ प्रस्तुत गर्न ग्राहकहरुको चाहना अनुरुप नयाँ नयाँ डाटा र भ्वाइस प्याकेजहरू बजारमा ल्याईएको छ ।

पूर्वाधार निर्माण

ग्रामीण दूरसञ्चार कोष मार्फत मध्य पहाडी अप्टिकल फाइबर आयोजना कार्यान्वयनको क्रममा रहेको छ । मध्य पहाडी लोकमार्गको पुर्वी खण्डमा पर्ने पाँचथरको चियो भञ्ज्यांगबाट पश्चिममा धादिंग गोरखाको आरुघाट सम्म बृहत साइट सर्भे सम्पन्न भएको छ्र तुरुन्तै अप्टिकल फाइवर पुर्याउन सम्भब नभएका ८ जिल्लाहरुमा माइक्रोवेभ ट्रान्समिशन बिस्तारको बोलपत्र २०७३ फाल्गुनमा आह्वान भई मूल्यांकनको क्रममा प्राप्त सम्पूर्ण बोलपत्रहरु सारभूत रुपमा प्रभावग्राही नदेखिएकोले पुन बोलपत्रको आह्वान भएको छ।

अप्टिकल फाइभर नेटवर्क, डी डब्लु डीएम, राउटर उपकरणको बोलपत्र तयारी भई आह्वानको अन्तिम चरणमा रहेको छ ।

भूकम्प प्रभावित क्षेत्रहरु मध्ये पुनर्निमाण प्राधिकरणबाट तोकिएका चार जिल्लाहरु सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, नुवाकोट र रसुवाका ७४७ सर्भिस प्वाइन्टहरुमा डाटा सेवा उपलब्ध गर्न नेपाल दूर संचार प्राधिकरणसंग मिति २०७४/१/२१ मा सम्झौता भई वाइम्याक्स प्रविधि तथा संचालनमा रहेका जीएसएम सीडीएमए प्रविधिका अलावा एडीएसएलबाट उपलव्ध भएका स्थानहरुमा इन्टरनेट डाटाबाट समेत क्ष्लतभचलभतरम्बतब सुबिधा पुर्याउने सम्बन्धमा कार्य भईरहेको छ ।

काभ्रेपलान्चोकको डराउनेपोखरी, कालापानी, कार्तिके देउराली, नुवाकोटको खरानीटार, मदनपुर र सिन्धुपाल्चोकको कर्थलीमा वाइम्याक्स प्रविधिबाट सेवा संचालन भैसकेको छ ।

साथै काभ्रेको कुशादेवी, पस्थली, भिमखोरी र नुवाकोटको बालकुमारीमा वाइम्याक्स प्रविधिबाट सेवा संचालन क्रममा रहेको छ ।सिन्धुपाल्चोकको १२, नुवाकोटको २१ र रसुवाको गरि ४२ सर्भिस प्वाइन्टबाट विभिन्न नगर पालिका, विद्यालय र स्वास्थ्य केन्द्रमा ब्रोडब्याण्ड सेवा सञ्चालनमा ल्याइएको छ।

अन्तरराष्ट्रिय इन्टरनेट ब्याण्डविथको लागि चीनसंग सम्झौता गरि अप्टिकल फाईबर मार्फत सेवा संचालन गर्न चाइना टेलिकमसंग सम्झौता सम्पन्न भएको छ । रसुवागढी नाकाबाट सेवा संचालनको तयारी भैरहेको छ ।

कर्मचारी व्यवस्थापन

प्रत्येक कर्मचारीले आआफ्नो जिम्मेवारी पूरा गरेमा मात्र कम्पनीले आफ्नो लक्ष्य प्राप्त गर्न सक्ने भएकोले सबै तहका कर्मचारीलाई पर्फमेन्स कन्ट्रयाक्टको अवधारणाभित्र ल्याई जिम्मेवारी वोध गराउने तथा सो कै आधारमा मूल्यांकन गर्ने परिपाटि लागु गर्न सूचना तथा सञ्चार मन्त्रालयका सचिवसंग उच्च व्यवस्थापनले सम्झौता गरिसकेको छ ।

यसैगरी, विगत केहि वर्ष देखि वीरगञ्ज, भैरहवा, विराटनगर, धनगढी र नेपालगञ्ज क्षेत्रीय निर्देशनालयहरुको प्रमुख पदमा पद अनुसारका कर्मचारी पठाउन नसकिरहेको अवस्थामा सबै निर्देशनालयहरुको सशक्तिकरण गर्न सकिएमा मात्र द्रुत गतिमा योजना, आयोजनासंग सम्बन्धित कार्यहरु गर्न सकिने तथा सेवाको गुणस्तर अभिवृद्धि गर्न सकिने महसुस गरी पद अनुसारका उच्च व्यवस्थापनका कर्मचारी पदस्थापना गरिएको छ ।


पुष्प दुलाल