कोका–कोलाद्धारा दशैं प्रोमो बिजेताहरुलाई पुरस्कार हस्तान्तरण



काठमाडौं। कोका–कोला नेपालले यो वर्षको दशैं प्रबद्र्धनात्मक योजनाका भाग्यशाली विजेताहरुलाई मेगा उपहारहरु हस्तान्तरण गरेको छ । यसमा ७ भाग्यशाली बिजेताहरुले टिभिएस स्ट्राइकर १२५ सीसी बाईक, २८ उपभोक्ताहरुले एलजी एलईडी टिभी र २८०० जनाले मोबाइल रिचार्ज कार्ड जितेका छन् ।

शुक्रबार आयोजित उपहार हस्तान्तरण कार्यक्रममा, ३ वटा टिभिएस स्ट्राइकर १२५ सीसी बाईक, र ७ वटा एलजी एलईडी टिभी भाग्यशाली बिजेताहरुलाई क्रमशः हस्तान्तरण गरिएको थियो ।

‘कोकाकोलाले संचालन गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो प्रबद्र्धनात्मक कार्यक्रम हो । यसअघि नै ४००० भन्दा बढि मानिसहरुले यसमा सहभागी भएर बाइक, टिभी र मोबाइल टक टाइम जितिसकेका छन् । यो अभियानको समाप्तिसँगै, १७,००० भन्दा बढि भाग्यशाली बिजेताहरु हुनेछन्,’ बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक पुनित वार्सनेले भने ।

‘यो दशैंको अवसरमा आयोजना भएको यस कार्यक्रम ग्राहकहरु र हामी दूबैको लागि ठूलो अवसर हो । यस प्रकारको कार्यक्रमहरुले हाम्रो ग्राहकहरुसँग सम्बन्ध बिस्तार गर्न सहयोग पुर्याउँछ, र यस्ता कार्यक्रमहरुलाई प्रबद्र्धन गर्नुपर्दछ र आगामी दिनमा अझै धेरै गर्नेछौं,’ जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने ।

यो अभियान यहि असोज ३० गते समाप्त हुने बताइएको छ ।

यो अभियानमा सहभागी हुनका लागि, लेबलको मुनि भएको १० अंकको यूनिक कोड हेरेर ३७७२२ मा बिहान ११ बजेदेखि बेलुकी ७ बजेभित्र एसएमएस गर्नुपर्नेछ र सो एसएमएसलाई त्यही दिनको लक्की ड्रमा समावेश गरिनेछ । पुरस्कार प्राप्त गर्नका लागि सक्कली लेबलका साथमा बिजेता भएको यूनिक कोड अनिवार्य राख्नुपर्नेछ ।

कोका–कोला, फान्टा र स्प्राइटको ५०० मिली लिटर, १.५ लिटर र २.२५ लिटरको प्याकमा यो योजना लागू भएको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु