यु एम बाइकको नयाँ शोरुम लालबन्दीमा



काठमाडौं । आईएमइ अटोमोटिभस् अन्तर्गत अमेरिकी प्रविधिमा निर्मित यु एम ब्राण्डका बाइक तथा स्कुटरको आधिकारिक विक्रेता कुसुम मोटर्सले लालबन्दीमा नयाँ थ्रीएस सुविधा सहितको सोरुम संचालनमा ल्याएको छ ।

आईएमइ अटोमोटिभसले ग्राहकहरुको सुविधा र सहजतालाई मध्यनजर गर्दै लालबन्दीमा नँया सोरुम स्थापना गरेको हो ।

अमेरिकी प्रविधिमा निर्मित यु एम व्राण्डको सो सोरुमको उदघाट्न लालवन्दी उधोग वाणिज्य संघका अध्यक्ष नवराज मिश्र तथा यु एम डिभिजनका प्रमुख उज्वल जोशीले गरेका थिए ।

सेल्स, सर्भिस र स्पेयर पार्टस् सहितको थ्रीएस प्रविधियुक्त सो सोरुममा यु एम ब्राण्डका १२५ सीसीदेखि ३०० सीसीसम्मका बाइक तथा स्कुटरहरु उपलब्ध रहेको कम्पनीलले जनाएको छ ।

सोरुम उद्घाटन कार्यक्रमको अवसरमा ग्राहकहरुलाई २० हजार रुपैयाँसम्मको छुट तथा १ जना भाग्यशाली विजेतालाई सिंगापुर टुर प्याकेजको व्यवस्था रहेको कुसुम मोटर्सका प्रोप्राइटर राजकुमार शाहले जानकारी दिए ।

यो योजना दशैं, तिहार र छठ्सम्म लागु हुने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु