हुन्डाइ गाडीको ‘हाईवे एसुरेन्स’, राजमार्गमा निशुल्क चेक अप क्याम्प संचालन



काठमाडौं । नेपालको लागि हुन्डाइ गाडीको एक मात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेनटल प्रा.ली.ले “Hyundai हाईवे एसुरेन्स हुन्डाइ गाडिहरुको लागि फ्रि चेक अप क्याम्प आयोजना गरेको छ ।

सो कार्यक्रम अन्तर्गत कम्पनीले आफ्ना ग्राहकको लागि राजमार्गका विभिन्न स्थानहरुमा हुन्डाइ गाडीको फ्रि चेक अप क्याम्प स्थापना गरेको हो ।

नेपालीहरुको महान चाड वडा दसैंमा आफ्नो परिवारजन तथा इस्टमित्रहरुसँग मनाउने हेतुले आफ्नो हुन्डाइ गाडीमा घर फर्कदै गरेका ग्राहकहरुलाई लक्षित गरी आयोजना गरिएको यस फ्रि चेक अप क्याम्प मा ग्राहकहरुले आफ्नो हुन्डाइ गाडीको निशुल्क चेक अप गराउनुको साथै आवश्यक लुब्रिकेन्ट तथा कूलान्टको मात्रा कम भएमा कम्पनीले निशुल्क थप गरिदिने व्यवस्था पनि गरेको जानकारी दिएको छ ।

यो योजना अन्तर्गत कम्पनीले राजमार्गका विभिन्न स्थानबिर्तामोड (काँकड्भित्ता), इटहरी (मिलन चोक), हेटौडा (बैंक रोड), सिद्धार्थ रिसोर्ट (चुम्लिङ्गटार, कुरिनटारबाट ५ कि.मी. उत्तरतर्फ), भरतपुर (बाल मन्दिर चोक), चौराहा (बुटवल), कोहलपुर चोक, धनगढी रोड (अतरिया)मा फ्रि चेक अप क्याम्प पोइन्ट को स्थापना गरीेएको छ ।

यसका साथै ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै राजमार्गको चेक पोइन्टहरुको २० किलोमिटर दुरीे सम्म रोडसाइड एसिसटेन्टको पनि व्यवस्था गरीेएको छ ।

यो कार्यक्रम असोज ९ गतेदेखि १२ गते सम्म बिहान १० बजे देखी साँझ ६ बजे सम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु