एनआईसी एशिया बैंकको दशैं-तिहार उपहार, घर कर्जामा छुटै छुटको बहार



काठमाडौं । एनआईसी एशिया बैंकले दशैं-तिहार तथा छठको अवसरमा अत्यन्तै सुलभ दरमा घरजग्गा किन्ने ऋण दिने स्किम ल्याएको छ । घर निर्माण गर्ने सपना साकार पार्ने उद्देश्यले आफ्ना ग्राहकहरुका लागि विशेष घर कर्जा ल्याएको जनाएको छ ।

बैंकले ‘एनआईसी एशिया बैंकको दशैं तिहार उपहार, घर कर्जामा छुटै छुटको बहार’ नामक आकर्षक योजना सञ्चालनमा ल्याएको हो । यो योजना अन्तर्गत सहजरुपमा ०.९ प्रतिशत प्रतिमहिनाको ब्याजदरमा घरकर्जा उपलब्ध गराउने जनाएको छ ।

कागजातहरु कागजात पेश गरेको ३ कार्य दिनभित्रै घरकर्जा सम्बन्धि निर्णय भइसक्ने व्यवस्था गरेको बैंकले जनाएको छ । यो योजना अन्तर्गत घर कर्जा लिँदा व्याजदर बाहेक प्रोसेसिङ, अग्रिम भुक्तानी, धितो मूल्यांकन, बीमा वा कर्जा सुचना लगायतका कुनै पनि दस्तुर÷शुल्क नलिने बैंकले जनाएको छ ।

त्यसैगरी, नयाँ घर निर्माण गर्न, घर वा जग्गा खरीद गर्न वा अन्य बैंक तथा वित्तीय संस्थाको कर्जा स्वाप गर्न समेत उक्त कर्जा उपलब्ध हुनेछ । यो कर्जाको अवधि २५ वर्षसम्म रहेको छ । २ वर्षसम्म ब्याजदर परिवर्तन नगर्ने बैंकले जनाएको छ ।

कर्जाका लागि अनलाइनबाटै बैंकको वेभसाइडमार्फत कर्जाका लागि योग्य रकम जाँच गरी आवेदन दिन सकिनेछ । यो योजनामा किस्ता वा ब्याजमात्र भुक्तानी गर्ने सुविधा सहित ग्राहकहरुको रुची र आवश्यकता अनुसार ट्रिम लोन तथा ओभरड्राफ्ट कर्जा प्रदान गरिनेछ ।

बैंकबाट घर कर्जा र सवारी साधनकर्जा दुवै उपभोग गर्ने ग्राहकहरुको हकमा घर कर्जाकै अवधि सम्मको अवधि हुनेगरी (अर्थात् २५ वर्षसम्मको अवधि हुने गरी) अत्यन्त फ्ल्याक्जिबल विशेषताहरु समेत समेटी घर कर्जा र सवारी साधन कर्जाको कोम्बो प्रोडक्टको रुपमा घर तथा सवारी साधन कर्जाको समेत व्यवस्था गरिएको छ ।

यस बाहेक पनि सवारी साधनकर्जाको लागि मात्र आवेदन दिने ग्राहकहरुलाई समेत कुनै पनि शुल्क÷दस्तुर नलिई सवारी साधनकर्जा उपलब्ध गराइने छ ।

उपरोक्त उल्लेखित प्रकारको उत्कृष्ट र सर्वाधिक ग्राहकमैत्री विशेषताहरु भएको होम लोन प्रोडक्ट जारी गर्ने एनआईसी एशिया बैंक देशकै पहिलो र एक मात्र वाणिज्य बैंक हो । र, यसबाट हजारौंको संख्यामा ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास लिएको बैंकले जनाएको छ ।

‘साथीको साथ पाएपछि यसपालिको दशैंतिहारमा पूरा हुनेछ यहाँको आफ्नै घर वा जग्गा वा गाडीजोड्ने सपना’ भन्ने मूलनाराका साथ ल्याइएको यो योजना सीमित अवधिका लागि मात्र भएकाले मौकाको फाइदा उठाउन बैंकले सबै ग्राहकलाई आग्रह गरेको छ ।

त्यस्तैगरी बैंकले समुन्नति बचत खातामा वार्षिक ९ प्रतिशत व्याज प्रदान गर्दै आएको छ । बैंकको हालसम्म १ सय २५ शाखा कार्यालयहरु, ४ एक्स्टेन्सन काउण्टरहरु र १ सय १९ एटीएममार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।


पुष्प दुलाल