लक्ष्य अनुसार राजस्व संकलन भएन



काठमाडौैं । सरकारले लक्ष्य अनुसारको राजस्व संकलन गर्न असफल भएको छ । आर्थिक वर्ष २०७४/०७५ भाद्र महिनासम्मको राजस्व संकलनको लक्ष्य ३६ अर्व ६७ करोड ९१ लाख ३९ हजार रहेकोमा ३५ अर्व २७ करोड ३ लाख ४९ हजार संकलन भई लक्ष्यको तुलनामा ९६ प्रतिशतको प्रगति भएको छ ।

गत वर्षको असुलीको तुलनामा २२ प्रतिशतले वृद्धि भएको छ ।

शिर्षकगत रूपमा हेर्दा आयकर तर्फ १४ अर्व २३ करोड १७ लाख ११ हजार, मूल्य अभिवृद्धि कर १२ अर्व ८९ करोड ९६ लाख ८३ हजार र अन्तःशुल्क तर्फ ७ अर्व ७३ करोड २० लाख १६ हजार संकलन भएको छ ।

सो रकम लक्ष्यको तुलनामा आयकर तर्फ ९२ प्रतिशत, मूल्यअभिवृद्धि कर तर्फ ९७ प्रतिशत र अन्तशुल्क तर्फ १०५ प्रतिशत हो ।

त्यसैगरी शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः १५ करोड ६५ लाख ८४ हजार २५ करोड ३ लाख ६१ हजार संकलन भएको छ ।

शिक्षा सेवा शुल्क तर्फ लक्ष्यको तुलनामा ८८ प्रतिशत र स्वास्थ्यसेवा कर तर्फ लक्ष्यको तुलनामा ७३ प्रतिशत संकलन भएको छ ।

गत वर्षको तुलनामा आयकर वृद्धिदर १७ प्रतिशत, मूल्य अभिवृद्धि कर वृद्धिदर २३ प्रतिशत, अन्तशुल्कको वृद्धिदर ३० प्रतिशत, स्वास्थ्य सेवा कर वृद्धिदर २२ प्रतिशत र शिक्षा सेवा शुल्क वृद्धिदर १३ प्रतिशत रहेको छ ।

आन्तरिक राजस्व विभागकालाई आर्थिक वर्ष २०७४/७५ का लागि २ खर्व ९९ अर्व ९१ करोड ३७ लाख ४५ हजार लक्ष्य तोकिएको छ ।

असोज ८ गते आन्तरिक राजस्व विभागमा आयोजित मासिक समीक्षा कार्यक्रममा आन्तरिक राजस्व विभागका महानिर्देशक किशोरजंग कार्कीले काठमाडौं उपत्यकाभित्रका सवै आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यालयका प्रमुखहरुलाई निर्देशन दिए ।

महानिर्देशक कार्कीले सवै कार्यालयको ध्यान राजस्व संकलनमा नै बढी केन्द्रित हुनु प¥यो भन्नुहु“दै कमजोरीलाई पहिचान गरेर सुधारको बाटोमा अघि बढ्न निर्देशन दिए ।


क्लिकमान्डु