महंगा भए भेडाच्याङ्ग्रा



भक्तपुर । बडादशैँका लागि मुस्ताङबाट ल्याइएका भेडाच्याङ्ग्रा विगत वर्षभन्दा यस वर्ष महँगो भएको छ ।

भक्तपुरको सल्लाघारी ल्याइपु¥याइएका भेडाच्याङ्ग्रा महँगो भएपछि उपभोक्ताको चापसमेत कम भएको छ । यो वर्ष यहाँका च्याङ्ग्रा प्रतिकिलो ६७५ देखि ७०० रुपैयाँसम्म र भेडा प्रतिकिलो रु ६०० मा बिक्री भएको छ ।

मुस्ताङमै भेडाच्याङ्ग्रा महँगो भएकाले यस वर्ष ल्याइपु¥याएको च्याङ्ग्राको मूल्य पनि महँगो भएको सिन्धुपाल्चोकका व्यापारी रमेश खड्काले बताए ।

मुस्ताङको घार (बथान) मै एउटा च्याङ्ग्राको रु १५ हजारदेखि रु २२ हजारसम्म तिर्नुपरेकाले महँगो भएको उनको भनाइ छ ।

त्यसमाथि पनि जोमसोम, घासा र तातोपानीमा कर तिर्नुपरेको तथा ढुवानी खर्चसमेत बढी परेपछि महँगो भएको हो ।

सल्लाघारीमा करिब २ हजार च्याङ्ग्रा र ७०० भेडा ल्याइएको छ । अर्का व्यापारी विष्णुभक्त श्रेष्ठले गत वर्ष प्रतिकिलो ६५० रुपैयाँमा च्याङ्ग्रा र भेंडा करिब ५ सय ५० रुपैयँँमा बिक्री गरिएको बताए ।

खसी र बोका भने यहाँ प्रतिकिलो रु ५०० मा बिक्री भइरहेको छ । विगतका वर्षमा भेडाच्याङ्ग्रा ल्याउनेबित्तिकै उपभोक्ताको भीड लाग्ने भए पनि यस वर्ष भने आजसम्म थोरै मात्र उपभोक्ता आएको व्यापारी श्यामभक्त श्रेष्ठले बताए ।


पुष्प दुलाल