एघार अर्ब रुपैयाँको व्यापार घाटा



विराटनगर । विराटनगर नाका भएर भारतसँग कृषिजन्य वस्तुको आयात निर्यातमा करिब ११ अर्ब रुपैयाँ भन्दा बढीको व्यापार घाटा देखिएको छ ।

यो नाका भएर गत आवमा भारतबाट विभिन्न प्रकारका खाद्य सामग्री, फलफूल र कृषिजन्य वस्तु १४ अर्ब ५६ करोड ५२ लाख ८० हजार रुपैयाँ बराबरको भित्रिएको छ भने भारततर्फ तीन अर्ब २६ करोड १२ लाख २४ हजार रुपैयाँका कृषिजन्य वस्तु निर्यात गरिएको प्लान्ट क्वारेन्टाइन कार्यालय, विराटनगरले जनाएको छ ।

सो अनुरुप भारतबाट आयात हुने कृषिजन्य वस्तुमा आठ अर्ब ४८ करोड ९२ लाख ८२ हजार रुपैयाँ मूल्यको चामल, गहुँ, दाल, मकै, धान, कोदो र जौसमेत गरी तीन लाख एक हजार ७३३ मेट्रिक टन खाद्यान आयात भएको हो । साथै तीन अर्ब ५७ करोड ६५ लाख ४५ हजार रुपैयाँका विभिन्न प्रकारका तरकारी, आलु, तेलहन पदार्थ लगायतका खाद्य सामग्री भित्रिएका छन् ।

सोमध्ये सबैभन्दा बढी एक अर्ब १० करोड १० लाख ७७ हजार रुपैयाँ मूल्यको ३७ हजार ९६८ मेट्रिक टन प्याज भित्रिएको हो । सोही अवधिमा एक अर्ब ६ करोड ९३ लाख ९७ हजार रुपैयाँ मूल्य बराबरको ५३ हजार ४७० मेट्रिक टन आलु र तेलहन पदार्थका रुपमा ५८ करोड ३८ लाख २५ हजार रुपैयाँ मूल्य बराबरको नौ हजार १२२ मेट्रिक टन सूर्यमुखी,२५ करोड ५९ लाख ८३ हजार रुपैयाँ मूल्य बराबरको पाँच हजार ३३३ मेट्रिक टन तोरी,१४ करोड २८ लाख ४६ हजार रुपैयाँ मूल्य बराबरको तीन हजार ३२२ मेट्रिक टन भटमास र ४३ लाख ३२ हजार रुपैयाँ मूल्य बराबरको १०८ मेट्रिक टन तील भित्रिएका छन् ।

सोही अनुरुप १५ करोड ३१ हजार ५१ हजार रुपैयाँ मूल्य बराबरको एक हजार ९२४ मेट्रिक टन लसुन, १३ करोड ९९ लाख २६ हजार रुपैयाँ मूल्य बराबरको १३ हजार ९९३ मेट्रिक टन विभिन्न प्रकारका तरकारी, ९७ लाख २० हजार रुपैयाँ मूल्य बराबरको ६४८ मेट्रिक टन अदुवा, सात करोड ८० हजार रुपैयाँ मूल्य बराबरको ३५४ मेट्रिक टन मरिच, दुई करोड २७ लाख ९८ हजार रुपैयाँ मूल्य बराबरको ४७५ मेट्रिक टन धनिया र एक करोड ८३ लाख ७० हजार रुपैयाँ मूल्य बराबरको विभिन्न प्रकारका मसाला भित्रिएका छन् ।

सोही अवधिमा रु एक अर्ब ९३ करोड २१ लाख ७७ हजार मूल्य बराबरको विभिन्न प्रकारका फलफूल भित्रिएको छ । तीमध्ये ७५ करोड १८ लाख ७३ हजार रुपैयाँ मूल्य बराबरको स्याउ, ३३ करोड ७० लाख ३१ हजार रुपैयाँ मूल्य बराबरको अनार, २२ करोड ६७ लाख ८५ हजार रुपैयाँ मूल्य बराबरको अङ्गुर, सात करोड १० लाख २१ हजार रुपैयाँ मूल्य बराबरको कागती, आठ करोड ६१ लाख १० हजार रुपैयाँ मूल्य बराबरको आँप, ३९ करोड ७५ लाख ३२ हजार रुपैयाँ मूल्य बराबरको सुपारी, एक करोड ३३ लाख ८६ हजार रुपैयाँ मूल्य बराबरको तरबुज र एक करोड ८५ लाख ३५ हजार रुपैयाँ मूल्य बराबरका सुन्तला भित्रिएका छन् भने यसका साथै लिची,मौसमी लगायतका फलपूmल भित्रिएको सो कार्यालयले जनाएको छ ।

विराटनगर नाका भएर भारततर्फ तीन अर्ब रुपैयाँ भन्दा बढी मूल्यको कृषिजन्य तथा जडीबुटी भारततर्फ निर्यात भएको छ । विराटनगर नाका भएर गत आवमा तीन अर्ब २६ करोड १२ लाख २४ हजार रुपैयाँ मूल्य बराबरका कृषिजन्य र जडीबुटी निर्यात भएको हो । सोमध्ये सबैभन्दा बढी दुई अर्ब ६६ करोड ९६ लाख ३२ हजार रुपैयाँ मूल्य बराबर तीन हजार ८१४ मेट्रिक टन अलैँची र सबैभन्दा कम ६ लाख ३३ हजार रुपैयाँ मूल्य बराबरको दुई मेट्रिक टन सुपाडी निर्यात भएको थियो।

त्यसैगरी, ४२ करोड ३४ लाख ११ हजार रुपैयाँ मूल्य बराबरको २३ हजार ५२३ मेट्रिक टन पिना, एक करोड ३३ लाख ४३ हजार रुपैयाँ मूल्य बराबरको बन्दाकाउली, ९६ लाख २० हजार मूल्य बराबरको ६४२ मेट्रिक टन फ्रेस अदुवा र दुई करोड ४२ लाख ९२ हजार रुपैयाँ मूल्य बराबरको एक हजार ६१९ मेट्रिक टन कुचो निर्यात भएको जनाएको छ ।

सोही अनुरुप, एक करोड ६ लाख ४८ हजार रुपैयाँ मूल्य बराबरको १९४ मेट्रिक टन लिनसिड, तीन करोड ६६ लाख ८९ हजार मूल्य बराबरको ६५५ मेट्रिक टन तेजपात र पाँच करोड ८७ लाख ३९ हजार रुपैयाँ मूल्य बराबरको ३२५ मेट्रिक टन चिया निर्यात भएको सो कार्यालयले जनाएको छ ।

त्यस्तै, ८८ लाख १८ हजार रुपैयाँ मूल्य बराबरको ५८८ मेट्रिक टन रुद्राक्ष, ४७ लाख ३७ हजार मूल्य बराबरको ३३ मेट्रिक टन चिराइतो र ६४ लाख ७० हजार रुपैयाँ मूल्य बराबरको १९ मेट्रिक टन मजिठो निर्यात भएको छ । साथै नेपालबाट भारततर्फ जटामासी, टिम्बुर, सताबरी, काइयोफुल, वनलसुन लगायतका जडीबुटी निर्यात भएका छन् ।


क्लिकमान्डु