साँघुरो भयो बिमानस्थल, चीन र युएईबाट थप उडान हुन नसक्ने



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार हुन नसक्दा चीन र युएईबाट कुनै पनि उडान थप्न नसक्ने अवस्थामा पुगेको छ ।

लामो समय देखि चर्चामा रहेपनि विमानस्थल विस्तारले गति लिन नसकेपछि चीन र युएईबाट थप एयरलाइन्स र नयाँ उडान हुन नसक्ने अवस्थामा पुगेको हो ।

नेपाल र चीनबीच सातामा ७० वटा उडान गर्ने हवाई सम्झौता भएको थियो । चीनबाट आउने एयरलाइन्सहरुले हाल सातामा ७० वटा उडान गदैं आएका छन् ।

“अहिले चीन र युएईसंग हवाई सम्झौता पुनरावलकन गर्ने समय भएको छ, तर विमानस्थलमा कुने पनि स्लट खाली छैन,” संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको हवाई महाशाखाका प्रमुख बुद्धिसागर लामिछानेले भने ।

यता युएईको तर्फबाट नेपालमा दैनिक ७० वटा उडान भइरहेको छ । नेपाल र युएईबीच पनि सातामा ७० वटा गर्ने हवाई सम्झौता भएको थियो ।

नेपाल तर्फबाट भने दुवै देशमा सम्झौता अनुसार उडान हुन सकेको छैन । नेपालमा हाल चीनबाट एयर चाइना, चाइना इष्टन, चाइना साउदन, तीव्वत एयरलाइन्स तथा सिचुवान एयरलाइन्सले नेपाल दैनिक उडान भर्दै आएका छन् ।

नेपालको तर्फबाट चीन तर्फ कुनै पनि उडान हुन सकेको छैन् । नेपाल वायुसेवा निगमले चीनको ग्वान्झाओ उडान गर्ने तयारी गरिरहेको छ । भने हिमालय एयरलाइन्सले बेईजिङ उडान गर्ने तयारी थालेको छ । युएई तर्फ पनि नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले उडान भर्दै आएको छ । यता युएईको तर्फबाट नेपालमा एयर अरेबिया, गल्फ एयर, इत्तेहाद, फ्लाई दुबईले नेपालमा दैनिक उडान भर्दै आएका छन् ।

“अहिले चीन र युएईसंग हवाई सम्झौता पुनरावलकन गर्ने समय भएको छ, तर विमानस्थलमा कुने पनि स्लट खाली छैन,” संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको हवाई महाशाखाका प्रमुख बुद्धिसागर लामिछानेले भने ।

विमानस्थलमा खाली स्लट भनेको दिउसो र रात्रीमा मात्रै रहेकोले सोही समयमा मात्रै उडान गर्न चाहाने एयरलाइन्सलाई मात्रै अनुमति दिन सकिने समेत लामिछानेले बताए ।

विमानस्थलको क्षमता भनेको अहिले प्रतिघन्टा १ हजार २ सय यात्रुलाई सेवा दिन मिल्ने मात्रै हो । तर हाल विमानस्थलमा प्रतिघन्टा २ हजार ४ सय यात्रुलाई सेवा दिइरहेको छ । त्यस्तैगरी ९ वटा मात्रै पार्किङ वे रहेको छ ।

अन्तर्राष्ट्रिय एयरलाइन्सहरु नेपालमा आएर एक रात पनि पार्किङ गर्न पाउने अवस्था रहेको छैन् । नेपालले ३८ वटा देशसंग हवाई सम्झौता गरेको छ ।

रात्री १२ बजे देखी विहान ६ बजेसम्ममा मात्र काम गराउने कार्यलयको योजना रहेको छ । हाल विमानस्थले बार्षिक ३८ लाख भन्दा बढी हवाई यात्रुलाई सेवा दिदै आएको छ । भने २७ वटा अन्तर्राष्ट्रिय एयरलाइन्सहरुले दैनिक रुपमा ६५ वटा उडान/अवतरण गर्दै आएका छन । आन्तरिक तर्फपनि २ सय ५० भन्दा बढी उडान/अवतरण हुने गरेको छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल विस्तारको जिम्मा पाएको स्पेनीस कम्पनी कन्स्ट्राक्टोरा सान्होसेसंगको ठेक्का सम्झौता तोडिएपछि अर्को कम्पनीलाई जिम्मा लगाउन नागरिक उड्डयन प्राधिकरण असफल भएको छ । गत कात्तिक ठेक्का तोडिएयता हालसम्म पनि अर्को कम्पनी छनोट हुन नसक्दा विस्तारको योजना अलपत्र परेको छ ।

सन् २०२८ सम्मको गुरुयोजनाअनुसार त्रिभुवन विमानस्थलमा आन्तरिक यात्रुका लागि २९ लाख र अन्तराष्ट्रियतर्फ ६३ लाख यात्रुलाई सेवा दिन सक्ने क्षमता विस्तार गर्ने योजना छ । योजनामा अत्याधुनिक टर्मिनल भवन, ट्याक्सी वे, ट्याक्सी पार्किङ लगायत रहेका छन् ।

एसियाली विकास बैंक (एडीबी)को १० करोड अमेरिकी डलर (१० अर्ब रुपैयाँ)को विमानस्थल सुधार गुरुयोजनाअनुसार धावनमार्ग तथा पार्किङ विस्तारको काम थालिएको हो । गुरुयोजना अनुसार ६० करोड अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ । तर बिमानस्थल बिस्तारको काम अलपत्र परिरहेको छ ।


क्लिकमान्डु