पाँच वर्षभित्र विश्वकै पहिलो ‘हाईब्रिड’ जहाज उत्पादन गर्ने बोइङको घोषणा



एजेन्सी । विश्वकै ठूलो जहाज उत्पादक कम्पनी बोईङले ५ वर्षभित्रमा हाईब्रिड इन्जिन इलेक्ट्रिक जहाज उत्पादन गर्ने भएको छ । विश्वमा पहिलो पटक बोईङले यस्तो जहाज उत्पादन गर्न लागेको हो ।

विश्वभर गाडी उत्पादक कम्पनीहरुले इलेक्ट्रिक कार उत्पादनमा जोड दिइरहेका वेला जहाज निर्माता कम्पनी बोईङले समेत हाईब्रिड इन्जिनको विकास गरेको हो ।

१२ सिट क्षमताको पहिलो चरणमा उत्पादन हुने जुनुम एरोज् १२ सिटर जहाज परिवारिक जहाजको रुपमा प्रयोग गरिने छ । उत्पादन हुने पहिलो मोडल ७ सय माइल टाढा एक पटकको फुल चार्जमा उड्ने छ । कम्पनीका अहिले १५ जना कामदार तथा विज्ञहरु जहाज उत्पादनमा लागिरहेका छन् ।

बोइङको यस उत्पादन ५ वर्षमा सफलता हात पारेसँगै ठूला जहाज उत्पादनमा समेत जोड दिने कम्पनीले जनाएको छ । अन्य जहाज निर्माता कम्पनी एयरबसले समेत इलेक्ट्रिक इन्जिनको विकासको तयारी थालेका छन् ।


पुष्प दुलाल