यसरी पुनर्निर्माण हुँदैछ पाटन दरबार क्षेत्र (फोटो-फिचर)



भुकम्पपछि निकै जोखिममा रहेका सम्पदाहरुको पुनर्निर्माणले गतिलिन थालेका छन् । पाटन दरबार क्षेत्रको पुनर्निर्माणले गतिलिए सँगै त्यस क्षेत्रको रौनक नै बेग्लै देखिन थालेको छ ।

उपत्यकाको सबैभन्दा पुरानो शहर पाटन हो । प्राचीनकालमा यसलाई युपग्राम, यल, मनिङ्ल, ललितपत्तन, ललितापुरी आदि नामले पुकारिन्थ्यो ।

पाटन शहर बरदेवले स्थापना गराएका हुन् । प्राचीन पाटनको बीचमा रहेको पाटन दरबार क्षेत्र एक प्राचीन स्मारकको धरोहरका रूपमा चिनिन्छ ।

सत्रौँ शताब्दी देखिका कला र सांस्कृतिक सम्पदाले यो क्षेत्र सिँगारिएको छ । सन् १०२४/१०४० सम्मको अवधिमा लक्ष्मीकामदेवले गरेको भन्ने किंवदन्ती भने भेटिन्छ। पाटन दरबारको महत्त्वपूर्ण अङ्ग सुन्दरीचोक पनि हो। यहाँ नेवारी वास्तुकलाका अनुपम उदाहरणहरू देख्न सकिन्छ।

  


क्लिकमान्डु