सेनामा खुल्यो २६ सयलाई जागिर, सिपाहीदेखि मालीसम्म माग



 

काठमाडौं । नेपाली सेनाले २६ सय १ जनालाई रोजगारीका लागि आवेदन माग गरेको छ । सेनाले सहायक पण्डितदेखि मालीसम्मका लागि जागिर खुलाएको हो ।

सेनाले सहायक पण्डित हूद्दा, अमल्दार कर्मचारी, सैन्य, सैन्य ड्राइभर, कूचिकार, चर्मकर्मी, सूचिकार, केशकर्तक, धोवी, सिकर्मी, मालीमा जागिर खुल्लाएको सार्वजनिक सूचना मार्फत जानकारी दिएको छ ।

सेनाले सबैभन्दा धेरै सैन्य (सिपाही)मा २३ सय ९० जना माग गरेको छ । सैन्य र सैन्य ड्राइभरका लागि कक्षा ८ उत्र्तीण हुनुपर्ने छ । सहायक पण्डितका लागि संस्कृत विषयमा कक्षा १० उत्र्तीणले आवेदन दिन सक्नेछन् ।

अमल्दार कर्मचारी एसएलसी पास र ३ महिनाको कम्प्युटर तालिम लिएका हुनुपर्ने छ । अन्य पदका लागि सामान्य लेखपढ गर्न सक्ने हुनुपर्ने सेनाले जनाएको छ ।

आज (आइतबार)देखि मंसिर २० गतेसम्म र अन्तिम मितिबाट दोब्बर दस्तुर बुझाई थप सात दिनसम्म दरखास्त बुझाउन सकिने सेनाले जनाएको छ ।

आवेदकले स्वयम् उपस्थित भई तोकिएको भर्ना केन्द्रमा १० रुपैयाँको टिकट टाँसी दरखास्त पेश गर्न सक्छन् । सेनाले दरखास्त फाराम शुल्क सहायक पण्डित रअमल्दार कर्मचारीलाई २ सय रुपैयाँ, सैन्य र सैन्य ड्राइभरलाई १ सय ५० रुपैयाँ र अन्य पदका लागि १ सय रुपैयाँ राखेको छ ।


पुष्प दुलाल