तपाईंको स्मार्टफोनमा हुन्छ ट्वाइलेटमा भन्दा १८ गुणा धेरै ब्याक्टेरिया, यसरी गर्नुस् सफा



काठमाडौं । अहिले हाम्रा लागि स्मार्टफोन अपरिहार्यजस्तै भएको छ । अझ भनौं जिबनशैली नै भएको छ, स्मार्टफोन ।

तर, हामीले दिनरात प्रयोग गर्ने स्मार्टफोनमा ब्याक्टेरिया पनि हुन्छ । विज्ञहरुका अनुसार एउटा ट्वाइलेट सिटमा भन्दा १८ गुना बढी ब्याक्टेरीया तपाई हामीले प्रयोग गरिरहेको फोनमा हुन्छ । त्यसैले यसको प्रयोग गर्दा सावधानी अपनाउनु पर्छ ।

सावधानी के ?

ब्याक्टेरियाको डरले हामी स्मार्टफोन नचलाइरहन सक्दैनौं । तर, यसलाई प्रयोग गर्दा भने विभिन्न कुरामा ध्यान पुर्याउनु पर्ने हुन्छ । त्यसको एउटै उपाय हो, आफ्नो स्मार्ट फोनलाई राम्ररी सफा गर्नु ।

स्मार्टफोन सफा गर्नु पहिला त्यसलाई पावरबाट डिस्कनेक्ट गर्नुपर्छ । त्यसपछि स्वीच अफ गरेर ब्याट्रीलाई निकाल्नु पर्छ । अब सफा गर्न सुरु गर्न सकिन्छ । तपाई घरेलु सामानको प्रयोगले नै आफ्नो स्मार्ट फोन चम्काउन सक्नुहुन्छ ।

आफ्नो स्मार्टफोन सफा गर्नको लागि तपाइले कुनै छुटै पैसा खर्च गरि सफा गर्नु पर्दैन ।

यसरी गर्नुहोस् सफा

१, करिब ६० प्रतिशत पानीसँग ४० प्रतिशत Isopropy मिलाएर घोल्नुहोस् ।

२, तयार पारियको झोललाई कपडाको टुक्रा लिएर फोनको जुन भागमा धेरै फोहोर छ, त्यहीँबाट सफा गर्न सुरु गर्नुहोस् ।

३, फोनको स्क्रिनलाई सफा कपडाले पुछ्नुहोस् । सुतीको कपडा पनि प्रयोग गर्न सकिन्छ ।

४, कान सफा गर्दा प्रयोग गरिने इयर बडले हेडफोन, युएसबी पोर्टसमेत सफा गर्न सकिन्छ ।

एजेन्सीको सहयोगमा


पुष्प दुलाल