म्यादी प्रहरीमा ९८ हजारका लागि जागिर, यसरी दिनुस आवेदन



काठमाडौं । नेपाल प्रहरीले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि ९८ हजार २६८ जना म्यादी प्रहरी नियुक्ती गर्न आवेदन मागेको छ ।

म्यादी प्रहरीमा जागिर खानको लागि १८ वर्ष पुरा भएर ५४ वर्ष ननाघेको व्यक्तिले आवेदन दिन सक्ने छ ।

आवेदन काठमाडौं उपत्यकामा प्रहरी परिसर जिल्लाको हकमा जिल्ला प्रहरी कार्यालयबाट दिन सकिने छ ।

५५ दिनको लागि लिन लागिएको म्यादी प्रहरीले जवान सरह महनिाको १७ हजार २३० रुपैयाँ र अन्य सुविधा पाउने छन् ।

म्यादी प्रहरीमा जागिर खानको लागि कात्तिक १ गतेसम्म प्रहरी कार्यालयमा आवेदन दर्ता गर्नुपर्ने छ ।


क्लिकमान्डु