लक्ष्मी बैंकले ओखलढुङ्गा र पाचँथरमा शाखा खोल्यो



काठमाडौं । लक्ष्मी बैंकले ओखलढुङ्गाको, सिद्विचरण नगरपालीका हुलाक डाडाँ र पाचँथरको फिदिम¬मा नयाँ शाखा संचालनमा ल्याएकोे छ । बैंकले बुधबारदेखि नयाँ २ शाखा संचालनमा ल्याएको हो ।

संयुक्त राष्ट्र संघ पूँजी विकास कोष (यूएनसीडीएफ) तथा लक्ष्मी बैंकबाट संयुक्त रुपमा सञ्चालित ‘उन्नति – बित्तमा पहुँच (एटुएफ)’ परियोजना अन्तर्गत पूर्वाञ्चलका ९ जिल्लाका ग्रामीण समुदायमा वित्तीय पहुँच पुर्याउने योजना अन्तर्गत शाखाहरु सञ्चालन गरिएको हो ।

लक्ष्मी बैंकको शाखासंजाल ७१, ३ हस्पिटल सेवा काउन्टर, ९२ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् र ४०० भन्दा बढि मोबाईल एजेन्टहरु छन् ।

आर्थिक बर्ष २०७३/७४मा बैंकको ५९ अरब ३२ करोड रुपैयाँ निक्षेप छ । ५२ अरब ७३ करोड रुपैयाँ कर्जा पुर्याएको बैंकको वासलातको आकार ७० अरब ९० करोड रुपैयाँ छ । सोहि आर्थिक बर्षमा बैंकले १ अरब रुपैयाँको हाराहारीमा खुद मुनाफा आर्जन गर्न सफल भएको बैंकले जनाएको छ ।

सो, अघिल्लो वर्षको सोही अवधिको तुलनामा २७ प्रतिशतले बढी हो ।


पुष्प दुलाल