कालिमाटी र बालाजु तरकारी बजारको सटर भाडामा, कति पर्छ सटर भाडा ?



काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समिति फलफूल तथा तरकारी कारोबारीका लागि सटर भाडामा दिने भएको छ । समितिले कालिमाटीको ३ वटा सटर र बालाजु बजारको १ वटा सटर भाडामा दिन लागेको हो ।

कालिमाटी र बालाजुको सटरमा फलफूल तथा तरकारीको कारोबार गर्नेका लागि सटर भाडामा दिन लागिएको कालिमाटी फलफूल तथा तरकारी बजारका कार्यकारी निर्देशक तेजेन्द्र प्रशाद पौडेलले जानकारी दिए ।

‘कालिमाटीको सटर नम्बर १, ५, २७ र बालाजु बजारको सटर नम्बर ‘ई’ भाडामा दिन लागिएको हो,’ पौडेलले क्लिकमाण्डूसँग भने ।

समितिले ती सटरहरु ५ बर्षका लागि भाडामा दिनका लागि सार्वजनिक सूचना मार्फत बोलपत्र आव्हान गरेको छ ।

कालीमाटीको सटर नम्बर १ मा फलफूल, च्याउ, सुख्खा अदुवा, लसुनको कारोबारका लागि सटर भाडामा लिन सक्नेछन् । सटर नम्बर ५ फलफूल, च्याउ, सुख्खा अदुवा, लसुन र सटर नम्बर १७ सञ्चार प्रयोजनका लागि प्रयोग गर्नेगरी भाडामा लिनुपर्ने हुन्छ । साथै, बालाजु बजारको सटर नम्बर ‘ई’ तरकारी र फलफूल कारोबारको लागि प्रयोग गर्नसक्ने सूचनामा उल्लेख छ ।

ती सटरहरु भाडामा लिनका लागि न्यूनतम १० हजार ३ सय ३७ रुपैयाँदेखि ३९ हजार रुपैयाँसम्मको बोलपत्र माग गरिएको समितिले जानकारी दिएको छ ।

सटर भाडामा लिन इच्छुक व्यक्तिले बोलपत्र फाराम समितिको कार्यलयबाट ५ सय रुपैयाँ तिरेर प्राप्त गर्न सक्नेछन् । बोलपत्र फाराम पेश गर्दा वार्षिक रकमको २.५ प्रतिहतको रकम धरौटी बापत कालिमाटी स्थित समितिको कृषि विकास बैंक, कालिमाटीको चल्तीखाता नम्बर ०२१०३००१६६१२४०१४ मा जम्मा गरिएको भौचरको सक्कल प्रतिसहित पेश गर्नु पर्ने हुन्छ ।

बोलपत्र पेश गर्दा कुन सटरको लागि बोलपत्र आवेदन गरिएको हो त्यो स्पष्ट हुनुपर्छ । बोलपत्र फाराम समितिको कार्यलय कालीमाटी र कृषि उपज बजार, बालाजुबाट नेपाली नागरिकताको प्रमाणपत्र, नविकरण गरेको व्यवसाय दर्ता प्रमाणपत्र, आयकर दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी पिहत निवेदन दिई खरिद गरी समितिको कार्यलय कालिमाटी वा कृषि विकास मन्त्रालय, सिंहदरवारलाई सम्बोधन गरी फाराम पेश गर्न सकिने छ ।

बोलपत्र बुझाउने अन्तिम दिन कात्तिक १४ गते १ बजे समितिको कार्यलयमा सम्बन्धित बोलपत्रदाता वा निजको प्रतिनिधिको उपस्थितिमा वा या अनउपस्थितिमा पनि खोलिने छ ।

बोलपत्र स्विकृत भएपछि बोलपत्र रकमको थप २.५ पतिशत रकम र ३ महिना बराबहरको रकम धरौटीकापत समितिमा बुझाउनु पर्ने सूचनामा उल्लेख छ ।


पुष्प दुलाल