ताप्लेजुङमा खोल्यो लक्ष्मी बैंकले आफ्नो ७२ औं शाखा 



काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आज ताप्लेजुङ्गको फुङ्गिल्ङ्गमा नयाँ शाखा संचालनमा ल्याएकोे छ । यो जिल्लामा लक्ष्मीको पहिलो शाखा हो ।

संयुक्त राष्ट्र संघ पूँजी विकास कोष तथा लक्ष्मी बैंकबाट संयुक्त रुपमा सञ्चालित “उन्नति–बित्तमापहुँच” परियोजना अन्तर्गत पूर्वाञ्चलका ९ जिल्लाका ग्रामीण समुदायमा वित्तीय पहुँच पुर्याउने योजना अन्तर्गत यो शाखा सञ्चालनमा आएको हो ।

यो समेत बैंकको ४१ जिल्लामा ७२ शाखा संजाल पुगेको छ । ३ हस्पिटल सेवा काउन्टर, ९३ एटिएम र ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको छ ।

यस शाखाको विस्तारसँगै ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवाप्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास बैंकले लिएको छ ।

सुविधाजनक नयाँ निक्षेप योजनाहरु र विभिन्न आवधिक तथा बचत निक्षेप सेवाहरुका साथसाथै व्यक्तीगत तथा साना व्यवसाय कर्जा सेवाहरु प्रदान गरी व्यक्तीगत तथा साना व्यवसाय बैंकिङ्ग सेवाको दायरा लई फराकिलो पार्दै जाने लक्ष्य बैंकले लिएको बिज्ञप्तीमा उल्लेख छ ।


क्लिकमान्डु