भोक सूचांकमा नेपालको अवस्था भारतभन्दा राम्रो



काठमाडौं । नेपालमा भोकमरीका कारण हजारौ बालबालिका कुपोषणको शिकार हुने गरेका छन् ।

ग्लोबल भोक सुचांक रिर्पोट वासिङटन अवस्थित इन्टरनेशनल फुड पोलिसी रिसर्च इन्सिच्युट (आइएफपीआरआई) ले नेपाललाई १ सय १९ मुलुकमध्ये ७२ स्थानमा राखेको छ ।

रिर्पोटका अनुसार नेपालले २२ जीएचआई अंक प्राप्त गरेको छ । अघिको सन् २००८ को रिर्पोटमा नेपालको जीएचआई अंक २८.३ थियो । सन् २००० नेपालको अहिलेको सुधारलाई राम्रो मान्न सकिने रिर्पोटमा उल्लेख छ ।

भोकाको सूचांकमा नेपाल दक्षिण एसियाली मूलूक भारत १००, बंगलादेश ८८, श्रीलंका ८४ र पाकिस्तान १ सय ६ भन्दामाथि भएको रिर्पोटमा उल्लेख छ ।
पछिल्लो समय नेपालमा कुपोषण, बाल कुपोषण, बाल मुत्यु दर घटेको छ ।

एक अध्ययन अनुसार नेपालले बाल मुत्यु दरमा सन् २००१ देखि २०११ मा अन्य दक्षिण एशियाली देशको तुलनामा सुधार भएको छ ।

ग्रामिण अर्थतन्त्रमा देखिएको सुधार मातृ शिक्षा, प्रभावकरी रुपमा स्वास्थ्य तथा पोषणलगायतका कार्यक्रमको प्रभावकारी कार्यान्वयनले बाल मुत्यु दरमा कमि आएको हो । साथै, एनएन्टल नियोनेन्टर कार्यक्रमको पनि उल्लेखनिय भूमिका रहेको छ ।

नेपालमा बाल मुत्यु दर ७७.४ प्रतिशत छ । जसमध्ये सुदुरपश्चिमाञ्चलमा ६३ प्रतिशत र मध्य पश्चिमाञ्चलमा ६४ प्रतिशत छ । ती क्षेत्रमा पानी कम पर्ने भएकाले खेतीका लागि उपयुक्त छैन ।

नेपालको अन्य भूभागको तुलनामा सो स्थानमा खेती योग्य जमिनको मात्रा कम छ । (आईपीसी २०१२)खराब पूर्वाधार, सिमित सडक र बजारका कारण खाद्य वस्तु खरिद गर्न पनि समस्या छ ।

अध्ययन (डीएफआइडी २०१३) अनुसार नेपालको अति विपन्नहरु पनि पश्चिमाञ्चल र मध्य पश्चिमाञ्चल छन् । नेपालको पूर्वी तराईमा बाल मुत्यु दर २५ प्रतिशत छ ।

शिशु र बालबालीकालाई खानपिनको अवस्था पनि पश्चिमाञ्चल र मध्य पश्चिमाञ्चलका पहाडी भेगमा खराब अवस्थामा छ । त्यहाँका ६ देखि २३ महिनाका बालबालीकाले अत्यन्त न्युन विविधि पोषणयुक्त खाना अन्य भेगका तुलनामा एक तिहाई मात्र पाउने गरेका छन् ।


क्लिकमान्डु