कुन नेपाली टेलिकम कम्पनीमा कसको लगानी कति ?



काठमाडौं । नेपालमा हाल ६ वटा टेलिकम कम्पनीहरुले सेवा संचालनको अनुमति लिएका छन् । नेपाल दूरसंचार प्राधिकरणबाट लाइसेन्स लिएका ६ वटा टेलीकम कम्पनीहरुमध्ये हाल देखिने गरि २ वटा कम्पनीहरु मात्र संचालनमा छन् भने एउटा कम्पनी सेवा संचालनको प्रकृयामा छ ।

त्यसैगरि २ कम्पनीको सेवा हाल संचालनमा छैन भने एउटा कम्पनीले भर्खरै मात्र अनुमति पत्र पाएको छ ।

हाल फोरजी मोबाइल सेवा संचालन गर्ने तयारीमा रहेको कम्पनी स्मार्ट टेलिकम प्रालिमा ३ वटा कम्पनीहरुको लगानी रहेको छ ।

प्राधिकरणबाट अनुमति पाएका ६ वटा कम्पनीहरुमा कसको कति लगानी छ भन्ने सँधै चासो र विवादको विषय हुँदै आएको छ ।
थोरै कम्पनीहरु भएपनि अर्बौंको लगानी आवश्यक पर्ने टेलीकम क्षेत्रमा क कसको लगानी कुन कुन कम्पनीमा रहेको छ भन्नेजानकारी दिने प्रयास गरेका छौं ।

नेपालमा भएको मध्ये सबैभन्दा पुरानो र सरकारी क्षेत्रको समेत लगानी भएको नेपाल दूरसंचार कम्पनी लिमिटेडमा सरकारको ९१ दशमलब २ प्रतिशत लगानी रहेको छ भने जनताको लगानी ४.०४ प्रतिशत तथा कर्मचारीहरुको लगानी ४.४४ प्रतिशत रहेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

त्यसैगरि निकै विवादमा आएको कम्पनी एनसेल प्रालिमा सबैभन्दा धेरै लगानी वेष्ट इण्डिजमा ठेगाना भएको रेनोल्डस होल्डिङ्स लिमिटिेडको ८० प्रतिशतलगानी रहेको छ, जसको मुख्य बेनिफेसियरीमा आजिआटा मलेशिया रहेको प्राधिकरणको तथ्यांकमा छ ।

त्यसैगरी सो कम्पनीमा ललितपुरमा रहेको साङग्लोरी इन्भेष्टमेन्ट प्रालिलाई प्रतिनिधित्व गर्ने भावना सिंह श्रेष्ठ लाभग्राहीको रुपमा सुनिभो क्यापिटल भेन्चर प्रालिको २० प्रतिशत हिस्सा छ ।

अर्को चर्चामा रहेको तर हाल निष्क्रिय जस्तै रहेको यूनाइटेल टेलिकम(यूटिएल)मा भारतीय सरकारको महानगर टेलिफोन निगम लिमिटेडको २६.६८ प्रतिशत हिस्सा छ भने, भारत सरकारकै अर्को कम्पनी टेलिकम्यूनिकेसन कन्सल्ट्यान्टस इण्डिया लिमिटेडको २६.६६ प्रतिशत र भारतीय कम्पनी टाटा कम्यूनिकेसन्स लिमिटेडको २६.६६ प्रतिशत लगानी रहेको छ ।

सो कम्पनीमा नेपालको तर्फबाट लाभग्राहीको रुपमा जुली कुमारी महतो रहनेगरि नेपाल भेन्चर्स प्रालिको २० प्रतिशत शेयर लगानी रहेको छ ।

त्यस्तै अर्को कम्पनी नेपाल स्याटेलाइट टेलिकम प्रालिमा साइप्रसको एयरबेल सर्भिस लिमिटेडका ७५ प्रतिशत लगानी रहेको छ भने मुक्तिश्री टेलीकम प्रालिको १५ प्रतिशत, सम्झना अर्यालको नाममा ५ प्रतिशत, पाकिस्तान मोबाइल कम्यूनिकेसनको नाममा ३ प्रतिशत र शेबा टेलीकम प्रालि बंगलादेशको नाममा २ प्रतिशत शेयर हिस्सा रहेको छ ।

नसेल प्रालिमा सबैभन्दा धेरै लगानी वेष्ट इण्डिजमा ठेगाना भएको रेनोल्डस होल्डिङ्स लिमिटिेडको ८० प्रतिशतलगानी रहेको छ, जसको मुख्य बेनिफेसियरीमा आजिआटा मलेशिया रहेको प्राधिकरणको तथ्यांकमा छ ।

हालै मन्त्रिपरिषदबाट सिधै लाइसेन्सको अनुमति दिनका लागि निर्देशन जारी गराएको भनि विवादमा आएको सिजी कम्यूनिकेसन्स प्रालिमा भने सिजी टेलिकम प्रालिको शतप्रतिशत लगानी रहेको छ तर हाल यो कम्पनीको शेयर नामसारी भएर सुरेश राज घिमिरेको नाममा एकलौटीरुपमा रहेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

त्यसैगरि हाल फोरजी मोबाइल सेवा संचालन गर्ने तयारीमा रहेको कम्पनी स्मार्ट टेलिकम प्रालिमा ३ वटा कम्पनीहरुको लगानी रहेको छ । सो कम्पनीमा स्क्वायर नेटवर्क प्रालिको नाममा २० प्रतिशत लगानी रहेको छ जसको लाभग्राहीमा सर्वेश जोशी रहेको छ ।

त्यसैगरि ३० प्रतिशत लगानी सेसेल्समा ठेगाना भएको कोस्बो इन्भेष्टमेन्ट लिमिटेड ट्रिडेन्ड च्याम्बर्सको नाममा रहेको छ जसको लाभग्राहीमा सेसेल्सकै भर्देल लिमिटेड रहेको छ । सो कम्पनीमा अर्को शेयर होल्डरको रुपमा सेसेल्समै ठेगाना भएको लाल साहू होल्डिङस् लिमिटेडको ५० प्रतिशत शेयर हिस्सा रहेको छ ।

उल्लेखित शेयर तथा लगानीकर्ताहरुको तथ्यांक प्राधिकरणकाअनुसार करिब १ वर्ष पुरानो हो भने केहि शेयर लगानीकर्ताको नाम कम्पनी रजिस्टारको कार्यालयबाट उपलब्ध भएको हो ।


क्लिकमान्डु