बाइकमा घुम्दै हुनुहुन्छ ? सुरक्षित रहन यी कुरामा ध्यान दिनुस्




काठमाडौं । चाडपर्वको समय छ । धेरै मानिसहरु यतिवेला मोटरसाइकल लिएर मुस्ताङ रारासम्म घुम्नका लागि समूह बनाएर निस्किएका छन् ।

विशेषगरी कुनै पनि दुर्घटना हुनुमा सवारी साधनको गल्ती हुदैन भन्ने विशेषज्ञहरुको मान्यता रहेको छ । फेरि एक सय वा दुइ सय सीसीको बाइक चलाउनु र त्यो भन्दा बढी सीसीका बाइक चलाउनुमा धेरै फरक हुन्छ ।

काठमाडौं बाहिर टाढाको गन्तव्यमा बाटोमा २ सय सीसी भन्दा माथीकै स्पोर्टस् तथा हेभी बाइकहरुकै बढी प्रयोग गर्न युवाहरु रुचाउँछन् ।

बाइक चलाउनका लागि आवश्यक प्राविधिक ज्ञानका साथै यसका विभिन्न पक्षका वारेमा जानकार हुनु पर्छ । यस्ता स्पोर्ट्स र हेभी बाइक चलाउदा निम्न प्रकारका सावधानी अपनाउनु आवश्यक छ ।

नियन्त्रण जरुरी

हेभी र स्पोर्ट्स बाइक चलाएर कुनै व्यक्ति सडकमा निस्कदा आफु सडकको बादशाह नै सम्झिने धेरैको चलन हुन्छ । तर राजा बने पछि पनि केही जिम्मेवारी अवश्य हुन्छ ।

यस्ता हेभी बाइक चलाउदा आफु र सडकमा यात्रारत अन्यको सुरक्षाका लागि पनि जिम्मेवार हुनु पर्छ । यस्ता बाइकको स्पिड खासगरी रेसिङ ट्रयाकका लागि निर्धारण गरिएका हुन्छन् ।

त्यसैले सडकमा कुनै कारणवस रोक्नु परेमा निकै नै गाहे हुन्छ । खासगरी बाइक मोड्दाको समयमा निकै नै नियन्त्रणको आवश्यकता हुन्छ । त्यसैले यस्ता बाइक चलाउदा जहिले पनि नियन्त्रण गर्न सकिने किसिमको स्पिडमा कुदाउनु पर्छ ।

हेलमेट तथा ग्लोभ्स

स्पोर्ट्स तथा हेभी बाइकका लागि विशेष प्रकारका हेलमेटको निर्माण गरिएका हुन्छन् । कम्पनीहरुले नै त्यस्ता हेलमेटको निर्माण गरेका हुन्छन् । हेलमेट उपयुक्त तरिकाले फिटिङ भएको हुनु पर्छ र अलिकति मात्र बिग्रिएमा यसलाई परिवर्तन गरि हाल्नु पर्छ ।

लामो या छोटो, जुनसुकै दुरीमा यात्रा गर्दा पनि हातमा पञ्जा अर्थात ग्लोभ्सको प्रयोग गर्नु पर्छ । यसलाई बाइकमा पकड राख्नुका साथै दुर्घटनाको समयमा हत्केलालाई पनि सुरक्षित राख्छ ।

सुरक्षात्मक सामग्री

विभिन्न कम्पनीले यस्ता बाइक चलाउनका लागि आवश्यक सुरक्षात्मक सामग्रीको निर्माण गरेका हुन्छन् । शरिर, हात आदि अंग बचाउनका लागि आवश्यक ज्याकेटका साथै कुहिनो र घुडा बचाउनका लागि आवश्यक फोम तथा प्लाष्टिकबाट निर्मित प्याड आदि केही उदाहरण हुन् ।

यसका साथै विशेष प्रकारले निर्माण गरिएका जुत्ता पनि हुन्छन् । यस्ता विभिन्न सुरक्षात्मक सामग्रीको प्रयोग गर्नु आवश्यक छ ।

स्थान छनौट

यस्ता हेभी र स्पोर्ट्स बाइक सडकमा चलाउदा विशेष सावधानी अपनाउनु पर्छ । यस्ता बाइक चलाउनका लागि कुनै ट्रयाक वा खुल्ला स्थान प्रयोग गर्न सकिन्छ । आफ्नो शोखलाई पुरा गर्नका लागि यस्ता स्थान उपयुक्त हुन सक्छन् । तर सार्वजनिक प्रयोगमा आउने सडकमा यस्ता बाइक कुदाउदा अन्य सामान्य बाइक सरह सामान्य गतिमा कुदाउदा राम्रो हुन्छ । यसले आफु र अन्य सबै सडक प्रयोगकर्ताको सुरक्षा गर्छ ।

नियमित रुपमा टायरको कन्डिसन र एयर प्रेसर चेक गर्नु पर्छ । उच्चतम रोड ग्रिप, स्थिरता, सुविधाजनक बसाइ र टायरको दीर्घायुका लागि टायरमा उपयुक्त एयर प्रेसर हुनु आवश्यक छ ।

टायरमा हावा उपयुक्त मात्रामा हुनु पर्छ । कम हावा भएको अवस्थामा ह्यान्ड्लिङमा असर पु¥याउछ र उच्च तापका कारण चिप्लिने डर हुन्छ । त्यसैगरी बढी हावा भएको अवस्थामा बसाइमा कठीनता ल्याउछ र टायरको सतह खिइने डर हुन्छ ।

टायर कतै काटिएको वा खिइएको छ छैन, राम्रोसंग जाच गर्नुपर्छ । यसले गर्दा टायरमा खरावी आउन सक्छ । यो वाहेक प्रत्येक हप्ता टायर ट्रेड्स चेक गर्नुपर्छ । त्यसैगरी ह्वील ब्यालेन्स र एलाइन्मेन्ट समेत राम्रोसग जाँच गर्नुपर्छ ।

बाइकको स्मुथ अपरेसन र मेन्टिनेन्सका लागि इन्जिन आयलले महत्वपुर्ण भुमिका खेल्छ । यसका लागि उपयुक्त इन्जिन आयल लेवल मेन्टेन गर्नु महत्वपुर्ण छ । प्रयोग गर्नु भन्दा अघि सधै इन्जिन आयल लेवल जाँच गर्नुपर्छ । आयल लेवल सधै माथिल्लो र तल्लो मार्कको वीचमा हुनुपर्छ । आवश्यक भएमा इन्जिन आयल टप अप गर्नुपर्छ । आयल लिकेज छ छैन, त्यो पनि जाँच गर्नुपर्छ ।

बाइकको सतह राम्रो देखियोस् भन्नका लागि यसको बडीलाई सधै सफा गर्नुपर्छ । सफा गर्नु भन्दा अघि इग्निसन स्वीच युनिट, एचटी क्वाइल र साइलेन्सर पाइपलाई प्लाष्टिक कभरले छोप्नु पर्छ ।

ब्याट्रीमा कुनै लिकेज छ छैन सधै जाच गर्नुपर्छ । प्रयोग नगरी त्यत्तिकै राखिरहेको अवस्थामा मोटरसाइकलको ब्याट्रीलाई सधै फुल चार्जमा राख्नु पर्छ र इलेक्टोलाइट लेवल सधै टप मार्कमा हुनुपर्छ ।

स्पार्क प्लग नियमित रुपमा सफा गर्नुपर्छ ।

कार्बुरेटर सधै सफा राख्नु पर्छ । १ हजार ५ सय किलोमिटर गुडेपछि कार्बुरेटरको फ्लोट च्याम्बर र अन्य पार्ट्सहरु सफा गर्नुपर्छ ।

दुबै ब्रेकलाई उपयुक्त अवस्थामा राख्नुपर्छ । ब्रेकलाई धेरै कडा वा धेरै नरम बनाउनु हानिकारक हुन्छ । राइडरको व्यक्तिगत स्टाइल र चाहना अनुसार आफुलाई सुविधायुक्त तरिकाले ब्रेकलाई मिलाएर राख्नु पर्छ ।

विभिन्न प्रकारका केबुलहरुको अवस्था जाच गर्नुपर्छ । बांगिएको वा छिनिन थालेको अवस्था छ कि छैन, हेर्नुपर्छ । विशेष गरी छिनिन थालेका छन् भने यसलाई फेरिहाल्नु पर्छ ।


क्लिकमान्डु