टिभी हेर्दाको झगडाले दियो लाखौ आम्दानी गर्ने आइडिया



मुनफ कपाडियालाई २०१४ को दिउसोको समय राम्रोसँग याद छ । जुन दिन उनको आफ्नी आमासँग झगडा भएको थियो । त्यो झगडाले मुनफ र उनको आमाको जिन्दगीमा ठूलो परिवर्तन ल्यायदियो ।

त्यो समय गुगलमा काम गर्ने २५ वर्षे मुनफ टिबीमा आफ्नो मन पर्ने अमेरिक कार्टुन शो ‘दि सिम्सस’ हेर्न चाहन्थे । जबकी उनको आमा भारतीय टेलिभिजनमा आफ्नो कार्यक्रम हेर्न चाहन्थिन् ।

मुनफको आमाले च्यानल परिवर्तन गरेर आफ्नो मनपर्ने कार्यक्रम हेर्न थादिन् । यसले आमा छोराबीच बहस तथा झगडा भयो ।

तर,यो झगडाले एउटा बिजनेश आइडियाको जन्म दियो । जसको मद्दतले मुनफले आज एउटा सानदार पप अप रेष्टुरेनट चलाउँछन् । जुन रेष्टुरेनटको सेफ उनको आमा हुन् ।

मुनफले सोचे उनको आमामा खाना बनाउनेको एउटा गज्जबको खुबी छ । तर,उनको समय दिनभर टिभी हेरेर मात्र जान्थ्यो ।

मुनफको आमा नफीसाले स्वादिष्ट ‘बोहरी’ खाना बनाउँछिन् । यो भारतीय डिस मुम्बईका रेष्टुरेन्टमा पाउन सजिलो छैन ।

मुनफले आफ्ना ५० जना साथीलाई घरमा लन्चको लागि बोलाए । उनले आफ्नो सम्झना सुनाउँदै भने,‘ मेरा ८ जना साथी घर आए,उनीहरुलाई आमाले बनाएकोे खाना खुवाए।’

शनिवार र आइतबार यो खाना खुवाउने क्रम चल्न थाल्यो । विस्तारै अरु मानिसहरु आउन थाले र बोहरी किचनको जन्म भयो ।

खासगरी बोहरी पकवान दाऊदी बोहरा समुदायमा प्रचलित छ । यो भारत तथा पाकिस्तान रहेने सानो मुस्लिम समुदाय हो ।

पप अप लन्च को अर्डरमा मुनफले पारम्परिक खानाको लागि प्रति व्यक्ति ७ सय रुपैयाँ शुल्क तोके ।

खाना खाएपछि ग्राहकले आमासँग गला लगाएर अन्टी तपाईको हातमा जादु रहेको बताउने गरेको अनुभव उनीसँग छ ।
मुनफले सो समयलाई सम्झदै भने,‘त्यो बेला मेरी आमाको आँखामा खुसी देखिएको थियो,पहिलो पटक कसैले उनले बनाएको खानाको प्रशन्सा गरेको थियो।’

मुनफले खानाको व्यवसाय गर्ने निर्णय गरे । उनले यो फाइदाको व्यवसाय हुने सोचे । उनले २०१५ को जनवरीमा गुगलबाट राजिनामा दिएर ‘द बोहरी किचन’को सुरुवात गरे ।

यो सँगै मानिसहरुको मुखमा बोहरी किचनको स्वाद संख्या बढ्न थाल्यो । मुनफ अहिले प्रति भोजन १५सयसम्म प्रति व्यक्ति लिने गरेका छन् । यसमा मुख्य रुपमा लन्च र कहिले काही डिनरपनि हुने गरेको छ ।

यसको साथै उनले अहिले क्याटरिङ व्यवसायपनि सुरु गरेका छन् । जसलाई उनले साप्ताहिक रुपमा हेर्छन् । जहाँ ३ जनाले काम गर्छन् ।

मुनफाको यो व्यवसाय लगातार सफल भइरहेको छ। देशको अन्य स्थानमा पनि उनी आउटलेट खोल्न चाहन्छन् ।
मुनफले भने,‘यो त्यती सजिलो काम भने छैन यो निकै मुस्किल काम हो,नचिनेका व्यक्तिलाई घरमा बोलाएर खाना खुवाउनु पर्छ।’

यसको लागि उनले ‘नो सिरियल किलर पोलिसी’ अपनाएका छन् । ग्राहकले सिट बुक गर्न चाहेमा पहिले जानकारी दिनुपर्छ ।

दोस्रो चुनौती घरपरिवारलाई गुगलको जागिर छाडेको विषयमा सम्झाउनु थियो । जागिर छाडेपछि खानको व्यवसायको आम्दानी जागिरको भन्दा बढी हुन्छ भनेर उनले परिवारका सदस्यलाई सम्झाउनुपर्ने थियो ।

टेक्नोपेड एडभाइजर्सका प्रवन्धक सल्लाहक रविन्द्र यादवका अनुसार खानासँग जोडिएको व्यवसायमा सबैभन्दा बढी चुनौती बफादार ग्राहकलाई जुटाउन हुने बताउँछन्।

‘आजको दिनमा मानिसहरुलाई खानाका धेरैवटा विकल्प छन्,यस्तोमा ग्राहकले खानामा के मन पराउँछ त्यो चिज बनाउन कठिन हुन्छ’,उनले भने ।

पछिल्लो दशकमा भारतमा खानासँग जोडिएका व्यवसायमा उछाल आएको छ। मानिसहरुको खर्च गर्ने क्षमताबाट बढेको छ। राम्रो र गुणस्तर खानाको लागि मानिसहरु पैसा खर्च गर्न तयार छन् ।

मुनफको आमाले भनाई छ,‘ मैले खाना बनाउनेलाई कहिले पनि व्यवसायको दृष्टिकोणले हेरिकी छैन,जब मेरो घरमा पाहुँनाहरु आउँछन्,मैले आफ्नो हातबाट बनाएर उनीहरुलाई आफ्नो घरको सम्झना दिलाउन चाहन्छु।’

के तपाईको टिभी हेर्न बानी छुट्यो ? यो प्रश्नको जवाफ हासेर दिदै उनले भनिन्,‘ म अहिले खाना टिभीमा आफ्नो मन पर्ने कार्यक्रम हेर्दै बनाउँछु।’ बिबिसी हिन्दी सेवाबाट साभार


क्लिकमान्डु