कालिका पावरको ६ लाख कित्ता साधारण सेयर आउँदै



काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडले साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित गोरखा जिल्लाका लागि ६ लाख कित्ता साधारण सेयर जारी गर्ने तयारी गरेको छ ।

दोस्रो चरणमा कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता शेयर निष्कासन गर्ने भएको हो ।

कम्पनीको आईपीओलाई इक्रा नेपालले ग्रेड फोर रेटिङ प्रदान गरेको प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ । कम्पनीले गोरखामा ६ मेगावाट क्षमताको दरौदी कालिका जलविद्युत् आयोजना निर्माण गरेको छ ।

पहिलो चरणमा कम्पनीले स्थानीय बासीका लागि शेयर निष्कासको अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा काठमाडौं क्यापिटल मार्केट लिमिटेड र ग्लोलब आईएमई क्यापिटल लिमिटेड रहेका छन् ।


पुष्प दुलाल