संसद सकिएको भोलिपल्टै बाल्कोट पुगेर निर्वतमान उपसभामुख एमालेमा प्रवेश गरे



काठमाडौं । निर्वाचनमा उपसभामुख गंगाप्रसाद यादव नेकपा (एमाले)मा प्रवेश गरेका छन् । राप्रपाका तर्फबाट उपसभामुख भएका उनलाई आज एमाले अध्यक्ष केपी ओलीले आफ्नै निवास बालकोटमा पार्टी प्रवेश गराएका हुन् ।

यादव राप्रपाका तर्फबाट उपसभामुखमा निर्वा्चित भएका थिए । शनिबार राति संसदको म्याद सकिएसँगै उपसभामुखको जिम्मेवारी सकिए पछि यादव एमालेमा प्रवेश गरेका हुन् ।

यादवलाई स्वागत गर्दै ओलीले अब एमाले तराईमा पनि पहिलो पार्टी बन्ने दावी गरे ।


पुष्प दुलाल