टिसीएल स्मार्ट टिभीको माग बढ्दो



काठमाडौं । अन्तर्राष्ट्रिय मान्यता प्राप्त विश्वकै ठूलो टि.भी. ब्राण्ड टिएलसीका स्मार्ट टि.भी.हरुको माग बजारमा बढ्दो छ ।

स्टाइलिस डिजाइन तथा गुणस्तरियले भरिपूर्ण टिएलसीका टि.भी‍‍.हरुको मूल्यपनि ग्राहकहरुको क्षमताभित्र रहेको छ ।

३२ इन्च देखि ६५ इन्च सम्मको टिभीहरु अहिले सम्म पनि धमाधम बिक्री भएर कतिपय टि.भी.हरुकालागि ग्राहकहरुले अग्रीम बुकिङ्ग पनि गरिरहेको कम्पनिले जनाएको छ ।

गुणस्तरिय उत्पादन सँगै टिएलसीले आफ्ना उपभोक्ताहरुको चाहनालाई मध्यनजर गर्दै आकर्षक प्रस्ताव र योजनाहरु ल्याउने क्रममा यसपालि चाडपर्वलाई लक्षित गरि “हातमा हात्ती पकेटको साथी” योजना संचालन गरिरहेको कम्पनीले जानकारी दिएको छ ।

नेपालका लागि टिएलसी टि.भी.को आधिकारीक बिक्रेता चौधरी गु्रपअन्र्तगत सि.जी. इलेक्ट्रोनिक्स प्रा.ली. रहेको छ ।


क्लिकमान्डु