अशोक लेलैण्डको सर्भिस सेन्टर बिर्तामोडमा



बिर्तामोड । नेपालका लागि अशोक लेलैण्ड गाडीको आधिकारिक बिक्रेता, आइएमई मोटर्स झापाको जिल्लाको बिर्तामोड, चारपानेमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।

सर्भिस सेन्टरमार्फत अशोक लेलैण्ड गाडीहरुका लागि सेल्स, सर्भिस र स्पेयर्स उपलब्ध हुने कम्पनीले जनाएको छ । सर्भिस सेन्टरको उद्घाटन आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका छन् ।

ढकालले आइएमई समुहले आफ्नो लगानीलाई बिविधिकरण गर्ने शिलशिलामा अटोमोबाइल क्षेत्रमा पनि लगानी गरेको र छोटो समयमा आइएमई मोर्टसले प्रवद्र्धन गरेको अशोक लेलैण्ड ब्राण्डका गाडीहरु नेपालमा लोकप्रिय भईरहेको छ ।


पुष्प दुलाल