नेपाललाई एनआरएनले के दिए ?



एनआरएन स्थापना हुँदा खासगरी २ वटा अपेक्षा थिए । त्यो बेला माओवादी द्धन्द्धका कारण मुलुकमा ठूलो निराशा पैदा भएको थियो । देशमा केही पनि भइरहेको थिएन । देशको अर्थतन्त्र पनि चलायमान थिएन । त्यस्तो बेलामा गैरआवासिय नेपाली (एनआरएन) हरु यसरी आइदिए कि दशैं र तिहारको काठमाडौंमा बेला हुने एनआरएन सम्मेलन विषेश सम्मेलन जस्तै हुन्थ्यो । एनआरएनका गतिविधिहरुको आर्थिक मुमेन्ट बढाएको थियो ।

निराश भएको समाजलाई एनआरएन अभियानले आर्थिक उन्नतिमा जाने माहोल तताएको थियो । एनआरएनहरुको चाहाना चाहीँ नागरिकताको निरन्तरता नै थियो । र, सरकार र नेपाली समाजको चाहाना चाहीँ लगानी आइदियोस् भन्ने थियो ।

एनआरएनले पुँजी ल्याएपनि प्रविधिमा नयाँ मोडलका परियोजना आएका छैनन् । विदेशमा जस्तो कम्पनीहरु एनआरएनले ल्याउन सकेको छैन ।

एनआरएन मुमेन्टले यति चाँडै पिकअप लियो कि हामी पत्रकारहरु पनि एग्रेसिभ भएर लाग्यौं । संस्थापक उपेन्द्र महतोहरुले सुरु गरेको मुमेन्टले २ वटा कुरा दियो । पहिलो, विदेशमा बस्ने नेपालीहरुलाई गैरआवासिय नेपाली (एनआरएन) को पहिचान दियो । त्यसअघि विदेश बस्ने नेपालीहरुलाई लाहुरे वा अन्य केही भनिन्थ्यो । यो अभियानले एनआरएनको पहिचान दियो ।

हामीले एनआरएनहरुलाई धेरै सोच्यौं । उनीहरुले नेपालमा आएर के के गर्छन् भनेर आशाबादी भयौं । तर, अहिले १४÷१५ वर्षको दौरानमा यो उपलब्धि भएको छ कि धेरै विदेशमा रहेका धेरै नेपालीहरु व्यापार/व्यवसायमा लागेका छन् । यहाँ आएका प्रतिनिधिहरुले गरेको खर्च हेर्दा नेपालीहरुले कमाएका मात्रै छैनन्, मोटो रकम बचत गरेका छन् । र, परिआए मोटै रकम खर्च गर्ने हैसियत राख्छन् भन्ने देखिन्छ ।

आर्थिक पत्रकार समाज (सेजन) ले केही वर्षअघि नेपालमा एनआरएनको लगानीको विषयमा अनुसन्धान गरेको थियो । जसमा ९ जिल्लामा मात्रै एनआरएनले ३० अर्ब रुपैयाँ लगानी गरेको भेटिएको थियो । यो लगानी सानो होइन । त्यसपछि भएका लगानी र देशभर भएको लगानीलाई हेर्ने हो भने ठूलै लगानी भएको छ ।

दलका नेताहरुले पनि घरमा आएका व्यक्तिलाई मेरो समर्थन छ भनेका छन् । तर, यसको प्रभाव भने ज्यादै थोरै छ ।  एनआरएनए भित्र विवेक प्रयोग गर्नेहरु धेरै छन् ।

कहीँ कम्पनी खोलेर गरेका छन्, कहीँ आफन्तको माध्यमबाट लगानी गरिरहेका छन् । सबै एनआरएन लगानी गर्न सक्ने हैसियतमा त छैनन् । तर, जसले विदेशमा रहेर राम्रै कमाएका छन्, उनीहरुले सहज अवस्था भए नेपालमा लगानी गर्न जान्छु भनेर तयारी अवस्थामा छन् । लगानीको वातावरण तयार पार्ने कुरा त नेपाल सरकारको कर्तव्य हो ।

त्यो बेला नेपाली समाज निराशमा भएकाले हामी आर्थिक पत्रकारहरुले एनआरएन मुमेन्टलाई अलि बढि एडभोकेट गर्यौं । हामीले उहाँहरुलाई बढी स्पेस दियौं । देशमा लगानी आओस् भनेर हामी पत्रकारहरुले उहाँहरुलाई इन्करेज गर्यौं । तर, त्यो बेला धेरै एनआरएनहरु लगानी गर्नसक्ने हैसियतमा थिएनन् । १५ वर्षको यो अवधिमा धेरै एनआरएन लगानी गर्नसक्ने हैसियतमा पुगेका छन् । अमेरिकाकै कुरा गर्ने हो भने त्यहाँ भएका धेरै एनआरएनहरु नेपालमा लगानी गर्न इच्छुक छन् र उनीहरुसँग हैसियत पनि छ । १०/१५ वर्ष अघिसम्म २/४ जना मात्रै गर्न इच्छुकहरु भेटिन्थे ।

उपेन्द्र महतोजी, शेष घलेजीहरुले नेपालमा अनुभूति हुनेगरी अर्बौं लगानी गरिरहनु भएको छ । यो बाहेक नेपालमा एनआरएनको ससानो लगानी थुप्रै छ, जो गणनामा देखिएको छैन ।

प्रजातान्त्रिक प्रक्रिया भए पनि एनआरएनमा चुनाबको अभ्यास खासै छैन । आठौं अधिबेसनबाट आउँदा २/३ पटकमात्रै चुनाब भएको छ । एनआरएनमा चुनाब हुँदा विदेशमा रहेका राष्ट्रिय समन्वय परिषदहरुमा पनि चुनाब हुन्छ । यसले गुटबन्दी र मनमुटाब बढाएको हो कि भन्ने पनि देखिन्छ ।

एनआरएनएमा उपेन्द्र महतो र जीवा लामिछानेको परिचय कांग्रेस कम्युनिष्ट भनेर थिएन । अहिले सबै जना राजनीतिक दलको ढोका चहार्न गएका छन् । कांग्रेस र कम्युनिष्ट पार्टीको समर्थन लिन खोजेका छन् ।

दलका नेताहरुले पनि घरमा आएका व्यक्तिलाई मेरो समर्थन छ भनेका छन् । तर,यसको प्रभाव भने ज्यादै थोरै छ । अमेरिकाको निर्वाचनमा कांग्रेसले जुन उम्मेद्वारलाई समर्थन गरेको थियो । उहाँ पराजित हुनुभयो । यतिधेरै राजनीति पनि एनआरएनए भित्र हाबी भएको छैन । यहाँ विवेक प्रयोग गर्नेहरु धेरै छन् ।

तर, मलाई भोट चाहिएको छ भने म जोसँगपनि भोट माग्छु । यही निर्वाचनमा कतिपय अवस्थामा उम्मेद्वारले पत्रकारहरुसँग पनि भोट मागेका हुन्छन् । विदेशमा बस्नेहरु नेताका नजिक भएका व्यक्तिहरु छन् । उहाँहरुले उम्मेद्वारलाई बोकेर नेताको लैजानु भएको छ ।

एनआरएन अभियानमा दोहोरो नागरिताको एउटा कुरा हो । अहिले ग्रिनकार्ड भएका साथीहरुले राजनीति गर्न पाउनु भएको छैन । लालबाबु पन्डितले ग्रिनकार्डको केही कुरा नबुझेर ल्याउनु भयो । ग्रिन कार्ड भएको व्यक्तिले बस्न पाउने अधिकार पाएको हो । म आफै अमेरिका जादा फर्काउन पनि सक्छ । नागरिता त्यागेको ग्रिनकार्डमा फरक व्यवहार गर्नुपर्ने हुन्छ ।

विदेशमा भएका विज्ञ जोड्न सकिएको छैन । यो अभियानमा विज्ञहरु यत्रो पैसा खर्च गरेर जोडिन चाहँदैनन् । यो निर्वाचनको वातावरणमा विज्ञहरु जोडिन सकेका छैनन् ।

दोहोरो नागरिता भावनात्मक कुरा पनि हो । म आफु एनआरएनएको सम्मेलनमा भाग लिन आउँदा नेपाली पासपोर्ट बोक्ने म मात्र थिए । नेपालीको भावनामा फरक नभएपनि पासपोर्टको आधारमा हुने व्यवहार फरक छ ।

विदेशमा बसेका नेपालीहरुले चाहेको भिसाको झमेला नहोस् सहज रुपमा आउन पाइयोस भन्ने खोजेको हो । भोट हाल्न पाए त्यो पनि अधिकार लिउ भन्ने हो । बाँक सम्पत्तीको कुरा लैजाने कुरा होइन । मसँग आएका साथीहरुले नेपालको एयरपोर्टमा जति झमेला भोग्नुपर्यो त्यो मैले परेन ।

राजनीति गर्न मन भए पनि नपाउने अवस्था छ । ग्रिनकार्ड पनि त्याग्न नसक्ने अवस्था छ । एनआरएन आफैमा व्यवस्थित छैन । यो अभियान भएको हुँदा व्यवस्थित छैन । यो निकै खर्चिलो हुँदै छ ।

नेपालको लागि त यहाँ पैसा खर्च हुने राम्रो हो । अध्यक्षले उम्मेद्वारी दर्ता गर्न साढे ४ हजार डलर तिर्नुपर्छ । एनआरएनले पुँजी ल्याएपनि प्रविधिमा नयाँ मोडलका परियोजना आएका छैनन् । विदेशमा जस्तो कम्पनीहरु एनआरएनले ल्याउन सकेको छैन । एनसेललाई केही उदाहरण दिन सकिन्छ ।

विदेशमा भएका विज्ञ जोड्न सकिएको छैन । यो अभियानमा विज्ञहरु यत्रो पैसा खर्च गरेर जोडिन चाहँदैनन् । यो निर्वाचनको वातावरणमा विज्ञहरु जोडिन सकेका छैनन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)का पूर्वअध्यक्ष घिमिरे अमेरिकाबाट एनआरएनको मतदातासमेत हुन् ।


पुष्प दुलाल