एक करोडको लागतमा ठमेल क्षेत्र कालोपत्र गरिँदै



 

काठमाडौं । काठमाडौँ महानगरपालिकाको एक करोड रुपैयाँको लागतमा ठमेल क्षेत्रभित्रको एक किमी सडक कालोपत्र गर्ने काम शुरु गरेको छ ।

महानगरपालिको सहयोगमा कामनपा–२६ ले ठमेल क्षेत्रको मनाङ होटलदेखि काठमाडौँ गेष्ट हाउस र वैशाली होटलदेखि ठमेल मार्ग तथा भगवानपाउ मार्गसम्मको सडक कालोपत्रको काम शुरु गरेको हो ।

सुन्दर र समृद्ध ठमेल निर्माण गर्ने उद्देश्यका साथ महानगरपालिकाले ठमेल क्षेत्रभित्रका सडकमा कालोपत्र गर्ने काम शुरु गरेको कामनपा–२६ वडाका अध्यक्ष ख्यामराज तिवारीले जानकारी दिए ।

‘चाँडै नै ठमेल क्षेत्रलाई सवारी साधन निषेधित क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यका साथ कालोपत्र गर्ने कामलाई तीव्रता दिएका हौँ’, अध्यक्ष तिवारीले भने ।

केही महिना अगाडिदेखि नै ठमेल क्षेत्रलाई सवारी साधन निषेधित क्षेत्रका रुपमा विकास गर्नका लागि महानगरपालिका, महानगरीय ट्राफिक प्रहरी महाशाखा र ठमेलका पर्यटन व्यवसायीबीच छलफल हुँदै आएको छ । रासस


पुष्प दुलाल