सुनचाँदी पसलमा ग्राहकको भिड, हिराका गहनामा विशेष छुट




काठमाडौं । भोलिदेखि तिहार सुरु हुँदैछ । आज धनतेरसको अघिल्लो दिन न्यूरोडका सुनपसलहरुमा ग्राहकहरुको घुइचो लागेको छ ।

तिहारमा विशेष गरी धनतेरसको दिन सुन तथा चाँदीका सामान भित्राउँदा घरमा लक्ष्मीको बास हुने र मनग्य धन लाभ हुने विश्वास हिन्दु धर्मावलम्बीहरुमा रहेको पाइन्छ ।

उक्त अवसरमा सुनचाँदी व्यवसायीहरुले समेत विभिन्न ग्राहक आर्कषण गर्ने अफर तथा छुटको व्यवस्था गरेका छन् । फलतः न्यूरोडका सुनचाँदी पसलहरुमा ग्राहकको घुइचो लागेको छ ।

कुनै गहना पसलहरुले छुट नदिए पनि सजावट तथा विज्ञापनका लागि धेरै नै पैसा खर्च गरेको पाइएको छ ।

धनतेरसकै दिनलाई लक्षित गर्दै न्यूरोडमा रहेका केही पसलहरुले १० देखि ३० प्रतिशतसम्म ज्याला तथा डाइमण्डका गहनामा छुटको व्यवस्था समेत गरेका छन् ।

‘अहिले तिहारको लागि स्पेशल डिस्काउन्ट राखिएको छ ।’ नेपाल रत्न तथा आभुषण संघकी अध्यक्ष तथा मेरी गोल्ड ज्वेलर्सकी सञ्चालक जोत्सना श्रेष्ठले क्लिकमाण्डुलाई बताइन् ।

उनको मेरीगोल्ड ज्वेलर्समा डाइमण्ड ज्वेलरी किन्ने ग्राहकहरुको लागि २५ देखि ३० प्रतिशतसम्मको छुट दिइने श्रेष्ठले जानकारी दिइन् ।
अहिले सबैले लक्ष्मी भित्र्याउने चलन अनुसार धनतेरसको दिन सुन तथा चाँदीको गहना किन्ने गरेका छन् ।

न्युरोडका एक सुन व्यापारीका अनुसार ‘दैनिक ३० जनासम्म ग्राहक आउने गरेका छन् साथै, एकै जनाले ४ तोलासम्मको गहना किन्ने गरेको उनि बताउँछन् ।’

अहिलेको समयमा अडर गरेर कसैले कुर्दैन सबै रेडिमेट सामाननै किन्ने आउने हुँदा आएका सबैलाई चित्त बुझदो सामान दिन नसकिएको उनको गुनासो छ ।

केही डाइमण्ड गहना गृहहरुले गिफ्ट भौचर नै राखेका छन् । गहना गृहहरुले सुनमा छुट दिदैनन् तर ज्यालामा भने छुट दिने गरेका छन् ।

श्री कुमकुम ज्वेलर्सका प्रवन्धक निर्देशक सागर पराजुलीका अनुसार सामान बनाउँन दिनमा ३ वटासम्म मात्रै अडर आउँछ । धरै सुन नै बिक्री हुने गरेको छ ।

‘चाँदीमा खासै व्यापार छैन । तिहारको समय सुन बढी व्यापार हुन्छ । व्यापारमा त्यती घाटा नि छैन फाइदानी छैन ठिक्कै छ ।’ पराजुलीले सुनाए ।

विशाल बजारमा रहेको सिल्भर ज्वेलर्समा भने १० प्रतिशत छुटको व्यवस्था रहेको छ । सिल्भर प्यालेसका प्रेम रत्न शाहीका अनुसार तिहारमा दैनिक २ लाखसम्मको व्यापार हुने गरेको छ ।

कुनै गहना पसलहरुले छुट नदिए पनि सजावट तथा विज्ञापनका लागि धेरै नै पैसा खर्च गरेको पाइएको छ । तथापी केही पसलहरुले व्यापारमा घाटा व्यहोरी रहेको बताउने गरेका छन् ।

अरु दिनको तुलनामा तिहारको पहिलो दिन धनतेरसको बेला धेरै जसो महिलाहरुले आफ्नो घरमा सुनचाँदीको सामान भित्राउने हुँदा अडर दिनेहरुको आज निकै भिड रहेको छ ।


क्लिकमान्डु