हुण्डाईको नयाँ थ्री एस सेन्टर अब जनकपुरमा



काठमाडौं । हुन्डाईको सेल्स,सर्भिस र स्पेर पार्टसको जनकपुरमा एएस सेन्टरको सुरुवात भएको छ ।

जनकपुर स्थित आफ्नो डिलर ओम अटोमोबाइल्समाको संयोजकत्वमा नयाँ थ्रीएस सेन्टर उदघाटन गरेको हो ।

जनकपुर र वरपरका क्षेत्रमा रहेको बढ्दो हुण्डाई गाडिको मागलाई मध्यनजरमा राखी सो डिलरसिपको स्थापना गरिेएको हो ।

थ्रीएस सेन्टरको उद्घाटन ओम अटोमोबाइल्समा अध्यक्ष वैध नाथ साह तथा लक्ष्मी ईन्टरकन्टिनेन्टल प्रालिका डेपुटी जनरल म्यानेजर रूपेस शर्मा भट्टले संयुक्त रुपमा गरे ।

जनकपुरको मुख्य स्थानमा स्थापना गरिएको नयाँ हुण्डाई घक् सेन्टरको सोेरुममा ५ देखि ७ वटा सम्म गाडि डिस्प्ले गरिनेछ , उत्कृष्ट तालिम प्राप्त प्राविधिकहरु, तथा एयर कन्डिसन र वाइफाइ सुविधायुक्त कस्टमर लाउन्ज रहेको छ ।

यसको उत्कृष्ट सर्भिस सेन्टरमा प्रति महिना ३०० वटा सम्म गाडिलाई सेवा दिने क्षमता रहनुको साथै प्रशस्त पार्किङ्ग व्यवस्था पनि छ ।

साथै यस सेन्टरमा प्रशस्त हुण्डाई जेनुइन् पार्ट्स पनि उपलब्ध हुनेछ । हुण्डाई तालिम केन्द्रबाट विशेष तालिम प्राप्त हुण्डाई कर्मचारीहरुले यस सेन्टर मार्फत ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्नेछन् ।

लक्ष्मी ईन्टरकन्टिनेन्टल प्रा। लि। ले उपत्यका बाहेकका ठाउँमा पनि उत्कृष्ट ग्राहक सेवा प्रदान गर्ने लक्ष्य सहित पोखरा, नारायणघाट, बुटवल, दाङ, दमक, बिर्तामोड, जनकपुर, बिराटनगर, बनेपा, धनगढी, भैरहवा, इटहरी, नेपालगञ्ज र हेटौडा जस्ता प्रमुख शहरहरुमा १४ वटा डिलरसिप स्थापना गरिसकेको छ ।


क्लिकमान्डु