ओखर खानुका फाइदै फाइदा



काठमाडौं । तिहार आएसँगै नेपालमा ओखरको ब्यापार मालामाल हुन्छ । दिदीबहिनीहरुले दाजुभाईलाई भाइटीकामा ओखरसँग बाधाहरु फाड्ने चलन छ । जसकारण प्रत्येक वर्ष तिहारमा ओखरको ब्यापार चुलिन्छ ।

रमाइलो कुरा त के छ भने हामीले आफ्ना दाजुभाईको बाधा फोड्ने ओखर विदेशबाट किनेर ल्याउँछौं । भारत, चीन, फ्रान्सलगायतका देशबाट नेपालले ओखर आयात गर्दै आएको छ ।

ओखर यस्तो फल हो, जो बहुउपयोगी छ । दैनिक जिबनमा ओखरको प्रयोग गर्ने हो भने हामीलाई फाइदै फाइदा हुन्छ ।

१, ओखरको नियमित सेवनले पुरुषको शुक्रकिटलाई स्वस्थ बनाउँछ । बेलायतको शेफिल्ड विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अध्ययन अनुसार ओखर सेवन गर्ने पुरुषको अण्डकोषमा बढि शुक्रकिट उत्पादन हुनुका साथै त्यस्ता शुक्रकिट स्वस्थ हुन्छन् । दिनमा २ मुठीजति ओखर खानु नै काफी छ ।

अध्ययनमा १२ हप्तासम्म भोजनमा नियमित रुपमा ओखर सेवन गरेका पुरुषहरुमा शुक्रकिटको आकारप्रकार, गति तथा स्वास्थ्यमा निकै धेरै सुधार आएको भेटिएको थियो ।

२, एक दिनमा ३-४ वटा ओखरको सेवन गर्नाले मुटुलाई स्वस्थ राख्न सकिन्छ । किनभने ओखरले शरीरमा कोलेस्ट्रेरोलको मात्रा कम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

३, ओखरको नियमित सेवनले सुगरका बिरामीहरुका लागि औषधिको रुपमा पनि काम गर्छ ।

४, ओखरमा प्रशस्त मात्रामा फाइबर हुन्छ, जसले पाचनक्रियालाई बलियो बनाउँछ । ओखरको नियमित सेवनले कब्जियत सम्बन्धी समस्याबाट मुक्ति मिल्नुका साथै मृर्गौलामा पत्थरी हुनबाट समेत जोगाउँछ ।

५, ओखरमा एन्टी अक्सिडेन्ट नामक तत्व हुन्छ, जसले छालाको चाउरीपनाबाट छुटकारा पाउन सकिन्छ ।

६, ओखरको सेवनले मानसिक समस्या कम गर्नुका साथै तनावबाट मुक्ति मिल्छ । यसको नियमित सेवन गर्नाले मस्तिष्कलाई स्वस्थ बनाईराख्न मद्दत गर्छ ।

७, ओखरमा भिटामिन इ हुन्छ जसले त्वचा सम्बन्धी समस्याबाट मुक्ति दिलाउँछ । यसले छालालाई सुन्दर र स्वस्थ राख्नमा मद्दत गर्छ ।


पुष्प दुलाल