तिहार र छठको अवसरमा नेपाल टेलिकमको अफरै अफर



काठमाडौं । नेपाल टेलिकमले नेपालीहरुको महान चाड तिहार तथा छठको अवसरमा कात्तिक १ देखि १५ गतेसम्म प्रयोग गर्न सकिने गरी विभिन्न आकर्षक अफर ल्याएको छ ।

जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलमा रिचार्ज कार्डमार्फत रिचार्ज गर्दा बोनस उपलब्ध गराइएको छ । ५०, १००, २००, ५००, १००० रुपैयाँको रिचार्ज कार्डमार्फत् रिचार्ज गर्दा १० प्रतिशत बोनस उपलब्ध गराइएको छ ।

त्यसैगरी १० र सो भन्दा बढी एम्पोसमार्फत् रिचार्ज गर्दा समेत १० प्रतिशत बोनस उपलब्ध गराइएको छ । यो अफर कात्तिक १ देखि ३ गतेसम्म रहने टेलिकमले जनाएको छ ।

त्यस्तै, जिएसएम प्रिपेड तथा पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याक अन्तर्गत एक सय रुपैयाँमा १ जिबी डाटा भोल्युम प्राप्त हुने व्यवस्था गरिएको छ । यो प्याक २१ दिनको अवधिसम्म प्रयोग गर्न सकिन्छ । त्यसैगरी ६० रुपैयाँमा ५ सय एमबी डाटा भोल्युम १४ दिनका लागि उपलब्ध गराइएको छ । यो प्याक २०७४ कात्तिक १ देखि १५ गतेसम्म लिइसक्नु पर्ने छ ।

जिएसएम तथा सिडिएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा कम्पनीकै नेटवर्कभित्र भ्वाइस, एसएमएस र डाटा प्याकेज अन्तर्गत १० रुपैयाँमा ६ मिनेट भ्वाइस, ५ वटा एसएमएस र १५ एमबी डाटा भोल्युम प्राप्त हुने गरी कम्बो प्याक उपलब्ध गराइएको छ ।

यो प्याकेज १ दिनको अवधिसम्म प्रयोग गर्न सकिने व्यवस्था छ । त्यसैगरी २५ रुपैयाँमा १६ मिनेट भ्वाइस, १६ वटा एसएमएस र ३५ एमबी डाटा भोल्युम ३ दिन अवधिका लागि उपलब्ध गराइएको छ ।

५० रुपैयाँमा ४५ मिनेट भ्वाइस, २५ वटा एसएमएस र ७० एमबी डाटा भोल्युम ५ दिन, १ सय रुपैयाँमा ११० मिनेट भ्वाइस, ३० वटा एसएमएस र १५० एमबी डाटा भोल्युम १० दिन तथा ३ सय रुपैयाँमा ३६० मिनेट भ्वाइस, ४० वटा एसएमएस र ६ सय एमबी डाटा भोल्युम ३० दिनका लागि उपलब्ध हुने व्यवस्था छ । यो प्याक कात्तिक १ देखि १५ गतेसम्म लिन सकिने छ ।

जिएसएम तथा सिडिएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा कम्पनीकै नेटवर्कभित्र भ्वाइस प्याक अन्तर्गत १० रुपैयाँमा ११ मिनेट भ्वाइस कल प्राप्त हुने व्यवस्था गरिएको छ । यो प्याकेज १ दिनको अवधिसम्म प्रयोग गर्न सकिने व्यवस्था छ ।

त्यसैगरी २५ रुपैयाँमा ३० मिनेट ३ दिन अवधिका लागि प्याकेज उपलब्ध छ । ५० रुपैयाँमा ७५ मिनेट ५ दिन, १ सय रुपैयाँमा २०० मिनेट १० दिन र ३ सय रुपैयाँमा ६५० मिनेट ३० दिनका लागि उपलब्ध गराइएको छ । यो प्याक कात्तिक १ देखि १५ गतेसम्म लिन सकिने छ ।

फोन सेवाका ग्राहकहरुलाई न्यूनतम मासिक महसुल २०० रुपैयाँमा १ सय ७५ स्थानीय कल निःशुल्क उपलब्ध गराइरहेकोमा कात्तिक महिनामा १०० स्थानीय कल थप गरी न्यूनतम मासिक महसुलमा कुल २७५ कल निःशुल्क उपलब्ध गराइएको छ ।

कात्तिक २ देखि ८ गतेभित्र अनलिमिटेड र भोलम बेस्ड एडिएसएल एकाउन्टको समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि कात्तिक ९ गतेसम्म थप गरिएको छ ।

त्यसैगरी सोही अवधिमा एफटीटीएच वाइम्याक्स एकाउन्टको समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि पनि कात्तिक ९ गतेसम्म थप गरिएको छ ।

जिएसएम तथा सिडिएमए प्रिपेड-पोष्टपेड सेवामार्फत कम्पनीकै नेटवर्कभित्र हुने एसएमएस सेवाको विद्यमान महसुल दरमा कात्तिक २ देखि ९ गतेसम्म ५० प्रतिशत छुट उपलब्ध गराइएको छ । उक्त अवधिमा कम्पनीको नेटवर्कभित्र ५० पैसामा क्ःक् गर्न सकिने व्यवस्था गरिएको छ ।

कम्पनीले कात्तिक १ गते देखि कात्तिक ३० गतेसम्म फोरजी सेवा लिनका लागि आवश्यक पर्ने सिम (यू सिम) निःशुल्क परिवर्तन गर्न सकिने व्यवस्था गरेको छ । फोरजी सेवा उपलब्ध भएका काठमाडौं, ललितपुर र भक्तपुर तथा पोखराका नेपाल टेलिकमका काउन्टरबाट यू सिम परिवर्तन गर्न सकिने टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिइन् ।


पुष्प दुलाल