के हो मार्जिन ट्रेडिङ ? बजारलाई यसले कसरी पुर्याउछ सहयोग ?



मार्जिन ट्रेडिङ भनेको सेयर कारोबार गर्न चाहने ब्यक्तिले आफूसँग भएको रकमभन्दा बढीको सेयर खरिद गरेर बिक्री गर्न सक्ने अबस्था हो । अर्थात कुनै सेयर कारोबारीसँग ५ लाख रुपैयाँ छ भने उसले सो रकम सेयर ब्रोकरलाई दिन्छ, ब्रोकरले मार्जिन ट्रेडिङ अन्तरगत निश्चित प्रतिशत रकम थप गरेर सेयर खरिद गरिदिन्छ ।

कुन सेयर कारोबारीलाई कति प्रतिशतसम्म रकम दिएर सेयर किन्न दिने भन्ने तय ब्रोकरले गर्ने हो । ब्रोकरले शतप्रतिशत पनि कर्जा दिएर कारोबार गर्न पाउने ब्यवस्था गर्न सक्छन् । यसको थप ब्याख्या र ब्यवस्था भने धितोपत्र बोर्डले गरे अनुसार हुन्छ ।

जस्तै कुनै सेयर कारोबारीले ५ लाख रुपैयाँ ब्रोकरलाई दियो र उसले शतप्रतिशत कर्जा पाउने अबस्था भयो भने कारोबार गर्ने ब्यक्तिले दिएको ५ लाख रुपैयाँ र ब्रोकरले दिने ५ लाख रुपैयाँ कर्जा समेत गरेर सो ब्यक्तिले १० लाख रुपैयाँसम्मको सेयर किन्न पाउने भयो ।

यसरी मार्जिन ट्रेडिङ अन्तरगत किनिएको सेयर सम्बन्धित ब्यक्तिको नाममा नै हुन्छ । तर, यस्तो सेयर खरिद गर्नेले बिक्री गरेर पैसा लान भने पाउदैन । मार्जिन ट्रेडिङमा किनिएको सेयर ब्रोकरकोमा धितो राखिएको हुन्छ । ब्रोकरले त्यही सेयर धितो राखेर बैंकबाट कर्जा लिएको हुन्छ । र, त्यही कर्जाको रकम सेयर कारोबारीले प्रयोग गरिरहेको हुन्छ ।

म सेयर ब्रोकर हूँ भने मैले बैंकहरुसँग कर्जाको सीमा लिएको हुन्छु । जस्तो मैले कुनै बैंकबाट १ करोड रुपैयाँको कर्जा सिमा लिएँ । त्यो रकम मैले मेरोमा सेयर किन्न आउने ब्यक्तिहरुलाई दिन्छु । र, ती ब्यक्तिहरुले सेयर किन्छन् ।

यो ब्यवस्थाले कर्जा दिने बैंक र सेयर ब्रोकरको लगानी सुरक्षित हुन्छ । यस्तै सेयर किन्ने ब्यक्तिले मार्जिनमा ट्रेडिङ गर्न पायो । उसले सेयर बिक्री गर्दा जति नाफा हुन्छ, त्यो नाफा पायो ।

यसरी विभिन्न ब्यक्तिहरुले किनेको सेयर मैले बैंकमा लगेर मेरो नामबाट धितो राखेको हुन्छु । यसो हुदा कर्जा लिएर किनिएको सेयर मसँग नै हुन्छ । यो ब्यवस्थाले कर्जा दिने बैंक र सेयर ब्रोकरको लगानी सुरक्षित हुन्छ । यस्तै सेयर किन्ने ब्यक्तिले मार्जिनमा ट्रेडिङ गर्न पायो । उसले सेयर बिक्री गर्दा जति नाफा हुन्छ, त्यो नाफा पायो । अर्थात बजारको फाइद सेयर किन्ने ब्यक्तिले लियो । किनेको भन्दा कम मूल्यमा सेयर विक्री गरियो भने त्यो नोक्सानी सेयर किन्ने ब्यक्तिकै हुन्छ ।

यो ब्यवस्थाले बजारमा सहजता प्रदान गर्छ । ऋण लिनको लागि बैंकसम्म सेयर किन्ने ब्यक्ति नै गइरहनु पर्दैन । फेरि अहिले बैंकहरुले दिने सेयर धितो कर्जा भनेको सेयर भइरहेका ब्यक्तिले मात्रै पाउने कर्जा हो । मार्जिन ट्रेडिङमा सेयर अहिले नभएपनि सेयर किन्न पाइने भयो ।

कुन ब्रोकरले कतिसम्म मार्जिन ट्रेडिङ गराउने भन्ने सन्दर्भमा पनि मापदण्ड तोकिन सक्छ । यो यो कम्पनीको सेयरमा वा यस्ता कम्पनीको सेयरमा मात्रै मार्जिन ट्रेडिङ गराउन पाइने भन्ने कुराहरु पनि आउन सक्छन् ।

मार्जिन ट्रेडिङ सुरु गर्ने भनेर धितोपत्र बोर्डले सार्बजनिक रुपमा भनिसकेको छ । कहिलेदेखि सुरु हुन्छ भनेर हामीले भन्न सक्ने कुरा भएन । बोर्डले नीतिगत निर्णय गरेपछि यसका कार्यबिधी, प्रक्रिया जस्ता कुराहरु बोर्ड तथा नेप्सेले बनाउनु पर्छ । यसको लागि केही समय लाग्न सक्छ ।

यसमा कुन ब्रोकरले कतिसम्म मार्जिन ट्रेडिङ गराउने भन्ने सन्दर्भमा पनि मापदण्ड तोकिन सक्छ । यो यो कम्पनीको सेयरमा वा यस्ता कम्पनीको सेयरमा मात्रै मार्जिन ट्रेडिङ गराउन पाइने भन्ने कुराहरु पनि आउन सक्छन् । ब्रोकरले मार्जिन ट्रेडिङ गराए वापत यतिसम्म कमिसन पाउने भन्ने कुराहरु पनि आउँछन् होला । सानादेखि ठूला लगानीकर्तासम्मलाई फाइदा हुनेगरी कर्जाको स्प्रेड तोकिन्छ होला ।
लेखक ब्रोकर संघका पूर्वअध्यक्ष हुन् ।


क्लिकमान्डु