पौने ६ अंकले घट्यो नेप्से, १ सय ६२ कम्पनीको सेयर कारोबार




काठमाडौं । सुरुवाती समयमा तिब्र उतारचढाव देखिएको नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचक ५.७२ अंकले घटेकोे छ । मंगलबार नेप्से १५५९.१८ अंकमा अडेको छ ।

आज १ सय ६२ कम्पनीका १४ लाख १३ हजार कित्ता सेयर खरिद बिक्री भएका छन् । ६१ करोड २० लाख ९२ हजार रुपैयाँ बराबरको सेयर किन बेच भएको छ ।

नेप्सेमा सामान्य गिरावट आउँदा ट्रेडिङ समूह २.६२, जल विद्युत ७.७८ र अन्य समूह ०.२९ अंकले बढेका छन् ।

बैंकिङ समूह ५.६२, होटल समूह १२.९६, विकास बैंक समूह ९.१ , वित्तीय समूह १.९२, बीमा समूह १६.७६ र उत्पादन मुलक समूह १६.७६ अंकले घटेका छन् ।

बेस्ट फाइनान्सका लगानीकर्ताले ९.८७ प्रतिशतले कमाएका छन् ।

हिमालयन डिस्टिलेरीका लगानीकर्ताले ५.७६ प्रतिशतले गुमाएका छन् ।


पुष्प दुलाल