धनतेरसमा के किन्नुभयो, सुनभन्दा चाँदीमा छ बढी प्रतिफल



काठमाडौं । आज धनतेरस । भारतमा रहेको धनतेरसको दिन सुन,चाँदी,तामा लगायतका वस्तु खरिद गर्ने प्रचलनमा नेपालमा पनि बढ्दै छ ।

सुनचाँदी पसलमा आज अत्याधिक बिक्री हुने गरेको छ ।

धेरैले आज विभिन्न वस्तु खरिद गरेका छन् । केहीले खरिद गर्दै गर्ने तयारीपनि चल्दै होला ।

अहिलेको सुन र चाँदीको मुल्यलाई विश्लेषण गर्दा सुनभन्दा चाँदीको रिर्टन बढी हुने सम्भावना छ ।

आजको दिनमा विश्व बजारमा चाँदी प्रतिकिलो ५६२ अमेरिकी डलर पर्छ ।
नेपाली बजारमा चाँदी प्रतितोला ७७५ रुपैयाँ पर्छ । सुनको भने प्रतितोला ५६ हजार ५ सय रुपैयाँ छ ।

बजार विश्लेषकहरु सुनले एकवर्षमा १० प्रतिशतसम्म प्रतिफल दिने सम्भावना रहेको छ भने चाँदीले २० प्रतिशतसम्म दिने सम्भावना छ ।

एन्जल ब्रोकिङ कमोडिटीका बजार विश्लेषक बिपी अनुज गुप्ताका अनुसार डिसेम्बरमा अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बृद्धि गर्ने सम्भावना रहेको हुँदा सुनभन्दा चाँदीमा गरिने लगानीले बढी फाइदा हुने बताउँछन् ।

सुनको भन्दा चाँदीको औद्योगिक क्षेत्रमा माग बढी छ । सौर्य ऊर्जाको प्रयोगमा भएको बृद्धिसँगै चाँदीको औद्योगिक माग अझै बढ्ने र यसले चाँदीको मुल्य बढाउने अनुमान विश्लेषकको छ । सोलार क्षेत्रमा चाँदीको माग ५० प्रतिशतले बढेको छ ।

खरिद गर्ने दृष्टिकोणले हेर्दा चाँदी खरिदको लागि कम पैसा लाग्छ । सुन खरिद गर्न धेरै पैसा लाग्छ । कम पैसा खर्च गरेर आउने प्रतिफलले लगानीकर्ताको आकर्षण चाँदीमा बढ्दै छ । मनी भास्करबाट


क्लिकमान्डु