गोल्डस्टार जुत्ताको आधिकारिक सोरुम सिभिल मल र जमलमा




काठमाडौं । गोल्डस्टार जुत्ताको आधिकारीक उत्पादक किरन सुज म्यानुफ्याक्चरर्सले आफनो पहिलो सोरुम, सुन्धारा स्थित सिभिल र जमल स्थित ज्योती मल नजिक सुरुवात गरेको छ ।

सिभिल मल स्थित सोरुम र जमल स्थित फ्रयानचाईज सोरुम, गोल्डस्टार जुत्ताको देशकै पहिलो आधिकारिक सोरुम भएको कम्पनीले जनाएको छ । ति सोरुममा बजारमा उपलब्ध सबै थरिका जुत्ताहरु समाबेस गर्नुका साथै प्रसिद्ध हात्ती छाप चप्पल पनि बिक्री वितरणका लागि उपलब्ध गराइउको कम्पनीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

‘ग्राहकवर्गको बढदो माग र ब्राण्डको लोकप्रियतालाई मध्यनजर गर्दै कम्पनीले भर्खरै नयाँ सोरुमहरु सञ्चालनमा ल्याएको हो’ कम्पनीका बजार निर्देशक वीदुशी राणले भनिन् ।


क्लिकमान्डु