ओबिओआरले शक्तिशाली बनेका चिनियाँ राष्ट्रपति सिले पुनः पाउलान् चीनको कमाण्ड ?




काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको राष्ट्रिय सम्मेलन आधिकारिक रुपमा आजदेखि सुरु भएको छ ।

मंगलबार सम्मेलनको प्रारम्भिक सत्र सुरु भएको हो । हरेक पाँच वर्षमा नयाँ नेतृत्व चयनका लागि हुने सम्मेलनमा केही नयाँ नेता चीनको उच्च पदमा पुग्नेछन् भने केही नेतालाई उच्च पदबाट हटाइन्छ ।

हरेक पाँच वर्षमा आयोजना गरिने सत्ताधारी कम्युनिस्ट पार्टीको राष्ट्रिय सम्मेलनलाई सारा विश्वले नजर राखिरहेको हुन्छ । त्यसको पछाडि उसले लिने नीति र पार्ने प्रभावलाई विशेष चासोका साथ हेरिन्छ ।

पाँच वर्ष अगाडि राष्ट्रपति अर्थात् महासचिवमा निर्वाचित भएका सि नै यस पटक पुनः सोही पदमा निर्वाचित हुने आकंलन गरिएको छ ।

यसै सम्मेलनले चीनको आगामी नेतृत्व कसले गर्छ र त्यसमा को को नयाँ सदस्य आउँछन् भन्ने कुराले विशेष महत्व राख्दछ ।
एक अर्ब ३० करोड जनता माथि शासन गर्ने चिनियाँ नेतृत्व घरेलु राजनीतिमा मात्रै सिमित छैन, विश्वको दोस्रो ठूलो अर्थतन्त्रको रुपमा विकास भएको चीनले लिने नीति नै विश्वका लागि प्रभाव पार्ने विषय महत्वपूर्ण हुन जान्छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको १९ औं सम्मेलनले राष्ट्रपति सि जिन पिङ बाहेक हाल नेतृत्वमा रहेका अन्य ६ जनालाई भने विस्थापन गर्ने बताइएको छ । तर हालका प्रधानमन्त्री लि खछ्याङ पनि नेतृत्वमा रन्छन वा रहदैन् भन्ने विषयमा आशंका कायम नै रहेको छ ।

कसरी हुन्छ सम्मेलन ?

अक्टोबर महिनाको मध्यसम्म चिनियाँ कम्युनिस्ट पार्टीले देशभरबाट प्रतिनिधिको नियुक्त गर्दछ । त्यसपछि चीनको ग्रेट हल अफ पिपल्समा बैठक सुरु हुन्छ ।

पार्टीका २३०० प्रतिनिधि सहभागी हुन्छन् । तर यस पटक भने २२८७ प्रतिनिधि मात्रै सहभागी हुने भएका छन् । रिपोर्टहरुमा दिइएको जानकारीअनुसार अनुचित एवम् अराजक व्यवहार गरेको भन्दै १३ प्रतिनिधिलाई सम्मेलनमा सहभागी बन्न अयोग्य घोषणा गरिएको छ ।

सम्मेलनको बन्द सत्रमा प्रतिनिधिले २०० सदस्यिय केन्द्रीय समिति चयन गर्नेछ । उक्त समितिले पोलिटव्यूरो र स्थायी समिति चयन गर्नेछ । स्थायी समितिमा सात जना रहनेछन् ।

माओ त्से तुङ र देङ पछि कै शक्तिशाली व्यक्तिको रुमपा उनलाई लिइएको छ । यसले उनको नीतिलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा स्थापित गर्न थप बल पुगेको छ ।

पार्टीको महासचिवमा निर्वाचित हुने व्यक्ति नै चीनको राष्ट्रपति र सेनाको परमाधिपति रहने व्यवस्था छ । पाँच वर्ष अगाडि मात्रै राष्ट्रपति अर्थात् महासचिवमा निर्वाचित भएका सि नै यस पटक पुनः सोही पदमा निर्वाचित हुने आकंलन गरिएको छ ।

पोलिटव्यूरो र स्थायी समिति नै चीनको महत्वपूर्ण निर्णय लिने सर्वोच्च निकायको रुपमा रहन्छ । पोलिटव्यूरो २४ सदस्यको हुन्छ भने स्थायी समिति ७ सदस्यिय हुन्छ । तर त्यस्तो समितिको संख्यामा भने आवश्यकताअनुसार परिवर्तन गरिन्छ । बन्दसत्रमा अध्यक्षमण्डलका अध्यक्षले नयाँ महासचिव, स्थायी समिति र पोलिटव्यूरोमा निर्वाचित भएको घोषणा गर्नेछन् ।

के हुँदैछ सम्मेलनमा ?

१९ औं राष्ट्रिय सम्मेलनमा राष्ट्रपति सिले पाँच वर्षमा भए गरेका सबै काम कारवाहीको विस्तृत प्रतिवेदन पेश गर्नेछन् ।

उनले अगाडि सारेको ‘वान बेल्ट वान रोड’ अवधारणाले आज विश्वको ध्यान खिचिरहेको छ । महासचिव सिले पेश गर्ने राजनीतिक, आर्थिक तथा भावी कार्यक्रमसहितको प्रतिवेदनमा देशभरबाट चुनीएर आएका प्रतिनिधिले आफ्नो धारणा राख्नेछन् । यस्तै नयाँ पोलिटव्यूरो र स्थायी समितिको चयन पनि अर्को महत्वपूर्ण कार्यसूचीमा रहेको छ ।

पछिल्ला वर्षहरुमा पार्टीका केही पद र औपचारिक कार्यकाल तथा उमेरको सीमा तय गरिएको छ । त्यसबाट धेरै जसो पोलिटव्यूरो सदस्य हट्नेछन् । किनकी पोलिटव्यूरोको उमेर ६८ वर्ष तय गरिएको छ । यस पटक भ्रष्टाचार विरोधी निकायका प्रमुख वांग किशान पनि उमेर हदका कारण अवकाश पाउनेमा पर्छन् ।

उनी राष्ट्रपति सि का प्रमुख सहयोगी हुन् । तर उनलाई उक्त पदमा रहन दिन सकिने विवरणहरु पनि सार्वजनिक भएका छन् । यस्तै प्रधानमन्त्री लीको उमेर पनि ६५ पुगेको छ । उनको बारेमा के गर्ने भन्नेमा हालसम्म केही बताइएको छैन ।

कस्तो छ सि को शक्ति ?

सन् २०१२ मा जब सि सत्तामा आए तब उनले आफ्नो शक्ति बढाउन हर प्रकारका उपाय अपनाए । चीनमा उनलाई ‘कोर लिडर अफ चाइनाको’ रुपमा पनि लिने गरिएको छ ।

माओ त्से तुङ र देङ पछि कै शक्तिशाली व्यक्तिको रुमपा उनलाई लिइएको छ । यसले उनको नीतिलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा स्थापित गर्न थप बल पुगेको छ । तर छिमेकी उत्तर कोरियाको आणविक कार्यक्रम, मध्य चीनको उइगुर मुसलमानको विद्रोह तथा चीनमा बढ्दै गएको खुलापनले भने आगामी दिनमा लिने नीतिले प्रभाव पार्ने विश्लेषण गरिएको छ । बिबिसि हिन्दीबाट


क्लिकमान्डु