लुक्ला जाने पर्यटक बढेसँगै एयरपोर्टमा अत्याधिक चाप



काठमाडौं । लुक्ला विमानस्थलमा जाने पर्यटक संख्या बढेसँगै हवाई उडानमा चाप पनि बढेको छ । खुम्बु भ्रमण गर्न जाने पर्यटकहरुको मुख्य सिजन भएकोले विमानस्थलमा अध्याधिक चाप बढेको हो ।

चाप बढेसँगै जहाज र हेलिकोप्टर कम्पनीहरुले दैनिक एक सय २० वटा सम्म दैनिक उडान गरिरहेका छन् । जसका कारण विमानस्थलमा जहाज होल्ड गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

अन्य समयमा दैनिक १२ देखि १५ वटा मात्रै उडान/अवतरण हुने गरेको थियो । अहिले पर्यटकहरुले पालो नपाउँदा कति दिन सम्म विमानस्थल जाँदै फर्कदै गर्नु पर्ने समेत अवस्था भएको छ ।

खुम्बु क्षेत्रमा जाने पर्यटक बढेकोले आन्तरिक तर्फको उडानमा अध्याधिक चाप बढेको त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक देवानन्द उपाध्यले जानकारी दिए ।

‘पर्यटकीय सिजन सुरु भएसँगै अक्टोबरदेखि पर्यटकको चाप बढेको छ,’ उनले भने ।

अक्टोबर सुरु भएपछि पर्यटकहरुको चाप अत्याधिक छ । जसका कारण एयरलाइन्स कम्पनीहरुलाई समेत भ्याइ नभ्याई रहेको सिम्रक एयरलाइन्सका बजार प्रबन्धक प्रज्वल थापाले बताए ।

लुक्ला विमानस्थलमा तारा एयर, समिट एयर, सीता एयरलाइन्सले र हेलीकोप्टरहरुले उडान भर्ने गरेका छन् । पर्यटकको चाप बढेसँगै लुक्लामा तारा एयरलाईन्सले उडान संख्या बढाएको छ ।

पर्यटक आउने मध्य सिजन भएकाले हवाई उडानमा चाप बढेको एयरलाइन्स कम्पनीहरुको भनाई छ ।

काठमाडौबाट लुक्ला विमानस्थलमा अहिले दैनिक रुपमा ५ सयदेखि ७ सय रुपैयाँको हाराहारीमा पर्यटकहरु जाने गरेका छन् । पर्यटकहरुको चाप बढेसँगै खुम्बुका होटलहरु भरीभराउ भएका छन् ।

अधकिांश पर्यटक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल हुँदै तेन्जिङ हिलारी विमान स्थल लुक्ला जाने गरेका छन् । कतिपय पर्यटक पैदलबाट फाप्लु हुँदै नाम्चे पुगेका छन् ।

भदौको अन्तिम सातादेखि नै पर्यटकहरु खुम्बु क्षेत्रमा जाने गरेका छन् । बर्षायाम सकिएसँगै भदौको मध्यदेखि कात्तिक महिनाभर खुम्बु क्षेत्रमा जाने पर्यटकहरु बढ्ने गरेका छन् ।


पुष्प दुलाल